२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

टर्कीमा राज्यविरुद्धको सशस्त्र संघर्ष अन्त्यको घोषणा

२०८२, २९ बैशाख सोमबार १६:५०

काठमाडौँ । कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके)ले सोमबार आफ्नो विघटनको घोषणा गर्दै टर्की राज्यविरुद्धको सशस्त्र संघर्ष अन्त्य गरेको घोषणा गरेको छ । उक्त घोषणासँगै टर्कीमा चार दशकयता चल्दै आएको घातक विद्रोहमा विराम लागेको छ ।

सन् १९७० को दशकको उत्तरार्द्धमा अब्दुल्लाह ओकलानद्वारा स्थापित पिकेकेले सन् १९८४ मा हतियार उठाएर टर्की राज्यविरुद्ध आक्रमणको शृंखला सुरु गरेको थियो । यस विद्रोहमा ४० हजारभन्दा बढीको ज्यान गएको थियो । “१२औँ पिकेके कांग्रेसले पिकेकेको संगठनात्मक संरचना विघटन गर्ने र यसको सशस्त्र संघर्षको विधि अन्त्य गर्ने निर्णय गरेको छ,” कुर्द–समर्थक एएनएफ समाचार एजेन्सीद्वारा प्रकाशित वक्तव्यमा उल्लेख छ । राष्ट्रपति रेसेप तैयप एर्दोगानको एकेपी पार्टीले यस कदमलाई ‘महत्त्वपूर्ण कदम’का रूपमा स्वागत गरेको छ, तर सरकारले भने यस प्रक्रियालाई ‘सावधानीपूर्वक निगरानी’ गर्ने चेतावनी दिएको छ ।

इस्तानबुलको इम्राली जेल टापुमा बन्दी अवस्थामा रहेका ओकलानले फेब्रुअरी २७ मा आफ्ना लडाकुलाई एक लेखेर निःशस्त्रीकरण र विघटन गर्न आग्रह गरेका थिए । उनको आग्रहपछि यो ऐतिहासिक घोषणा आएको हो । उनी सन् १९९९ देखि उक्त जेलमा बन्दी छन् । उनले पिकेकेलाई निर्णयलाई औपचारिक रूप दिन एक सम्मेलन आयोजना गर्न पनि अनुरोध गरेका थिए । पिकेकेले गत हप्ता इराकको कान्डिल पहाडमा युद्धविराम घोषणा गर्दा उक्त सम्मेलन गरेको थियो । त्यहाँ यसका नेताले ‘पिकेकेका गतिविधिसम्बन्धी ऐतिहासिक महत्त्वका निर्णय’ गरेको एएनएफले शुक्रबार रिपोर्ट गरेको थियो ।

“यो अन्त्य होइन, यो नयाँ सुरुआत हो,” पिकेकेका कार्यकारी समितिका सदस्य दुरान कल्कनले प्रतिनिधिहरूलाई भने । एकेपीका प्रवक्ता ओमर सेलिकले यो निर्णय ‘व्यवहारमा लागु गरियो र यसका सबै आयाममा साकार भयो भने’ यसले नयाँ युगको ढोका खोल्ने दाबी गरे । “इम्रालीको आह्वानपछि पिकेकेको आफैँलाई विघटन गर्ने र हतियार त्याग्ने निर्णय आतंकमुक्त टर्कीतर्फको महत्त्वपूर्ण कदम हो,” सेलिकले भने, “विघटन र हतियार समर्पण गर्ने निर्णयको पूर्ण र ठोस कार्यान्वयन… एक महत्त्वपूर्ण मोड हुनेछ ।”

अंकारा, वासिङ्टन र ब्रसेल्सले ‘आतंकवादी समूह’ घोषणा गरेको पिकेकेले सन् १९८४ देखि टर्की राज्यविरुद्ध विद्रोह गर्दै आएको छ । यसको मूल उद्देश्य कुर्दहरूका लागि मातृभूमि बनाउनु थियो । कुर्दहरूले टर्कीको आठ करोड ५० लाख जनसंख्याको लगभग २० प्रतिशत ओगट्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु