३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

टर्कीमा राज्यविरुद्धको सशस्त्र संघर्ष अन्त्यको घोषणा

२९ बैशाख २०८२, सोमबार १६:५०

काठमाडौँ । कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके)ले सोमबार आफ्नो विघटनको घोषणा गर्दै टर्की राज्यविरुद्धको सशस्त्र संघर्ष अन्त्य गरेको घोषणा गरेको छ । उक्त घोषणासँगै टर्कीमा चार दशकयता चल्दै आएको घातक विद्रोहमा विराम लागेको छ ।

सन् १९७० को दशकको उत्तरार्द्धमा अब्दुल्लाह ओकलानद्वारा स्थापित पिकेकेले सन् १९८४ मा हतियार उठाएर टर्की राज्यविरुद्ध आक्रमणको शृंखला सुरु गरेको थियो । यस विद्रोहमा ४० हजारभन्दा बढीको ज्यान गएको थियो । “१२औँ पिकेके कांग्रेसले पिकेकेको संगठनात्मक संरचना विघटन गर्ने र यसको सशस्त्र संघर्षको विधि अन्त्य गर्ने निर्णय गरेको छ,” कुर्द–समर्थक एएनएफ समाचार एजेन्सीद्वारा प्रकाशित वक्तव्यमा उल्लेख छ । राष्ट्रपति रेसेप तैयप एर्दोगानको एकेपी पार्टीले यस कदमलाई ‘महत्त्वपूर्ण कदम’का रूपमा स्वागत गरेको छ, तर सरकारले भने यस प्रक्रियालाई ‘सावधानीपूर्वक निगरानी’ गर्ने चेतावनी दिएको छ ।

इस्तानबुलको इम्राली जेल टापुमा बन्दी अवस्थामा रहेका ओकलानले फेब्रुअरी २७ मा आफ्ना लडाकुलाई एक लेखेर निःशस्त्रीकरण र विघटन गर्न आग्रह गरेका थिए । उनको आग्रहपछि यो ऐतिहासिक घोषणा आएको हो । उनी सन् १९९९ देखि उक्त जेलमा बन्दी छन् । उनले पिकेकेलाई निर्णयलाई औपचारिक रूप दिन एक सम्मेलन आयोजना गर्न पनि अनुरोध गरेका थिए । पिकेकेले गत हप्ता इराकको कान्डिल पहाडमा युद्धविराम घोषणा गर्दा उक्त सम्मेलन गरेको थियो । त्यहाँ यसका नेताले ‘पिकेकेका गतिविधिसम्बन्धी ऐतिहासिक महत्त्वका निर्णय’ गरेको एएनएफले शुक्रबार रिपोर्ट गरेको थियो ।

“यो अन्त्य होइन, यो नयाँ सुरुआत हो,” पिकेकेका कार्यकारी समितिका सदस्य दुरान कल्कनले प्रतिनिधिहरूलाई भने । एकेपीका प्रवक्ता ओमर सेलिकले यो निर्णय ‘व्यवहारमा लागु गरियो र यसका सबै आयाममा साकार भयो भने’ यसले नयाँ युगको ढोका खोल्ने दाबी गरे । “इम्रालीको आह्वानपछि पिकेकेको आफैँलाई विघटन गर्ने र हतियार त्याग्ने निर्णय आतंकमुक्त टर्कीतर्फको महत्त्वपूर्ण कदम हो,” सेलिकले भने, “विघटन र हतियार समर्पण गर्ने निर्णयको पूर्ण र ठोस कार्यान्वयन… एक महत्त्वपूर्ण मोड हुनेछ ।”

अंकारा, वासिङ्टन र ब्रसेल्सले ‘आतंकवादी समूह’ घोषणा गरेको पिकेकेले सन् १९८४ देखि टर्की राज्यविरुद्ध विद्रोह गर्दै आएको छ । यसको मूल उद्देश्य कुर्दहरूका लागि मातृभूमि बनाउनु थियो । कुर्दहरूले टर्कीको आठ करोड ५० लाख जनसंख्याको लगभग २० प्रतिशत ओगट्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली