२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रि-बजेट छलफलका निम्ति १८ घण्टा छलफल गर्ने,जसमा जम्मा समयको ६६ .६७ प्रतिशत समय सत्तापक्षलाई

३० बैशाख २०८२, मंगलवार ११:४८

काठमाडौँ । प्रतिनिधि सभाले प्रि-बजेट छलफलका निम्ति समय निर्धारण गरेको छ । आज, भोलि, जेठ १ गते र जेठ दुई गते गरी चार दिन छलफल हुनेछ । चार दिनमा १८ घण्टा छलफल गर्ने गरी समय निर्धारण गरिएको छ । पहिलो दिन आज ४ घण्टा, भोलि ५ घण्टा, जेठ १ गते ४ घण्टा र जेठ २ गते ५ घण्टा छलफल हुनेछ । जम्मा १८ घण्टा छलफल हुनेछ । यसमा नेपाली कांग्रेस र नेकपा एमालेलाई ५/५ घण्टा समय पाएका छन् ।

माओवादी केन्द्रले २ घण्टा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ८२ मिनेट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५० मिनेट पाएका छन् । एकीकृत समाजवादीले ४० मिनेट, जनता समाजवादी पार्टीले २८ मिनेट, जनमत पार्टीले २४ मिनेट, जनता समाजवादी नेपालले २० मिनेट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १६ मिनेट, नागरिक उन्मुक्ति पार्टीले १६ मिनेट समय पाएका छन् । नेपाल मजदुर किसान पार्टीले ५ मिनेट, राष्ट्रिय जनमोर्चाले ५ मिनेट, आम जनता पार्टीले ५ मिनेट र दुई जना स्वतन्त्र सांसदले ५/५ मिनेट पाएका छन् ।

हाल सरकारलाई समर्थन गर्ने दलको संख्या ७ छ । यी दलले पाएको जम्मा समय ७६० मिनेट छ । यो १२ घण्टा केही बढी समय हो । जम्मा समय १०८३ मिनेट छुट्याइएको छ । बाँकी ३२३ मिनेट प्रतिपक्षमा रहेका दलले पाएका छन् । जुन ६ घण्टा भन्दा केही कम हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली