2026-09-16 06:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८७ अङ्कले घटेर दुई हजार छ सय ३४ दशमलव २३ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १४ कम्पनीको दुई करोड १८ लाख २८ हजार दुई सय ३१ कित्ता शेयर एक लाख दुई हजार चार सय ४५ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ६३ करोड ४८ लाख १२ हजार छ सय १२ बराबरको कारोबार भएको छ ।

विकास बैंक समूह शून्य दशमलव ८८, जीवन बीमा शून्य दशमलव ९५ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ

भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ३०, वित्त एक दशमलव ९१, होटल तथा पर्यटन दुई दशमलव २१, जलविद्युत् एक दशमलव १८ र लगानी समूह शून्य दशमलव ७९ प्रतिशतले घटेको छ ।

त्यसैगरी, लघुवित्त शून्य दशमलव ६९, म्युचुअल फन्ड शून्य दशमलव १८, निर्जीवन बीमा समूह शून्य दशमलव ५९, व्यापार दुई दशमलव ४६ र अन्य समूह शून्य दशमलव ६० प्रतिशतले घटेको छ ।

आजको कारोबारमा क्रेष्ट माइक्रोलाईफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ९३ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज युनिभर्सल पावर कम्पनी लिमिटेड सबैभन्दा माथि छ । यो कम्पनीको रु ६७ करोड २० लाख ८५ हजार ८० बराबरको १५ लाख ४६ हजार चार सय ८९ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु