२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

समावेशीकरण संविधानको सुन्दर पक्ष हो

२०८२, १ जेष्ठ बुधबार १२:०३

काठमाडौँ।  कार्यक्रममा बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा भएको यो कार्यक्रम आयोजना हुनु सकारात्मक हो भने । उनले भने, “समावेशीकरण संविधानको सुन्दर पक्ष हो ।

राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनु सकारात्मक छ, तर महिलाभित्रको असमान अवस्थालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने पनि चुनौती छ, अब समावेशीकरणसँगसँगै महिलाहरूको आर्थिक सक्षमता अभिवृद्धिका लागि पनि जोड दिनुपर्छ । अब महिलाहरूको प्रतिनिधित्व ५१ प्रतिशत पुर्‍याउन सक्नुपर्छ, दक्षिण एसियामा मात्र होइन, एसियामा नै महिला सहभागिताको सन्दर्भमा हामी अगाडि छौँ, यो अत्यन्तै महत्त्वपूर्ण कुरा छ”,

बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईँले सकारात्मक सोचको विकास हुँदा जिम्मेवारीमा रहेर सहजै कार्यसम्पादन गर्न सकिने विश्वास व्यक्त गरे । उनले महिला सदस्यलाई सामाजिक समावेशीकरणको अभिमुखीकरण गर्दा आगामी दिनमा तय हुने वार्षिक बजेट र नीति तथा कार्यक्रमलाई लैंगिकमैत्री बनाउन प्रभावकारी हुने धारणा राखे।

प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक गोपालकृष्ण न्यौपानेले नेपालको संविधानले अवलम्बन गरेको समावेशीकरणको अवधारणामा रहेर योजना तथा बजेट निर्माणका विषयमा केन्द्रित रहेर सामाजिक समावेशीकरणसम्बन्धी नीतिगत व्यवस्थाका लागि काम गर्न सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने