विजय थापा/भदौ २, अमेरिका l रिजउड नेपाली समाजले आयोजना गर्ने श्रीमदभागवत महापुराण को तयारी लगभग अन्तिम अवस्थामा पुगेको छ l आगामी अगस्त २३  बुधबार देखि अगस्त २९"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/भदौ २, अमेरिका l रिजउड नेपाली समाजले आयोजना गर्ने श्रीमदभागवत महापुराण को तयारी लगभग अन्तिम अवस्थामा पुगेको छ l आगामी अगस्त २३  बुधबार देखि अगस्त २९"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

​न्युयोर्कको रिजउड नेपाली समाजको महापुराणको तयारी अन्तिम

२ भाद्र २०७४, शुक्रबार ०२:०६


विजय थापा/भदौ २, अमेरिका l रिजउड नेपाली समाजले आयोजना गर्ने श्रीमदभागवत महापुराण को तयारी लगभग अन्तिम अवस्थामा पुगेको छ l आगामी अगस्त २३  बुधबार देखि अगस्त २९ मंगलबार सम्म श्रीमदभागवत महापुराण हुने छ l 

दुर्गा मन्दिर तथा नेपाली सामुदायिक भवन निर्माणको सहयोगार्थ सप्ताहब्यापी दोस्रो श्रीमद्भ भागवत पुराणको आयोजना गरिदै छ l यसै बीचमा नेपालमा आएको बाढीको कारण धनजन को ठुलो क्षति भएकोले तत्काल छिटो राहत पुगोस भनि आर्थिक सहयोग समेत गरेको छ l 

गत अगस्त १६ तारिख रिजउड नेपाली समाजका पदाधिकारीले मधेसी एसोसिएसन इन अमेरिकालाई करिव दुई लाख रुपैया (दुई हजार डलर एक डलर ) हस्तान्तरण गरेका छन् l मधेसी एसोसिएसन इन अमेरिकाले बाढी पिडित क्षेत्रमा राहत वितरण युद्ध स्तरमा गर्दै गरेको सामाजिक संजाल मार्फत जनाएको छ l 

बाचन प्रवीण दीनबन्धुको प्रमुख वाचकत्वमा श्रीमदभागवत महापुराणको आयोजना हुने छ l संस्थाले नेपाल सरकारका प्रतिनिधि तथा न्यूयोर्कका नगर प्रमुख तथा विभिन्न धर्मगुरुद्वारा समुदघाटन गरिने समेत योजना बनाएको छ l 

उक्त महा पुराणमा कलश सहित विभिन्न समाजका धर्मगुरुहरुका साथ नगरपरिक्रमा गर्ने कार्यक्रम रहेको छ भने भक्तजनहरुको लागी सुलभ यातायात को व्यबस्था को साथै भोजनको व्यबस्था मिलाइने भएको छ l विभिन्न उप—समिती गठन र कार्य विभाजन गर्ने र करिब १० (दस लाख) डलर संकलन गर्ने उद्देश्यले लिएको छ l 

रिजउड नेपाली समाज गैर राजनीतिक तथा गैर नाफामुलक संस्था हो भने न्युयोर्कमा सन् २००३ मा दर्ता भएको हो l संस्थाले सन् २०१० मा श्रीमद्भागवत महापुराणको आयोजना गरी आफ्नै स्वामित्वमा रिजउडमा जग्गा खरिद गरेको छ l तस्बिर :बिमल नेपाल ​

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य