२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको चौथो दिन नेप्से१३.९६ अंकले घट्यो,नेप्सेसँगै कारोबार रकम पनि घट्यो

१ जेष्ठ २०८२, बुधबार १५:४१

लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ । बुधबार बजारको परिसूचक नेप्से १३.९६ अंक घटेको हो । योसँगै नेप्से २६२० अंकमा कायम भएको छ ।

नेप्सेसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७३ करोडको भयो । ६२ कम्पनीको मूल्य बढ्दा १८३ को घट्यो भने एउटाको स्थिर रह्यो । दुई पुनर्बीमा कम्पनीको मूल्य उच्च दरमा बढ्दा अन्य समूह सबैभन्दा धेरै २.४६ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक समूह १.१९ प्रतिशत बढ्यो भने अरु सबै समूह घटेका छन् ।

बैंकिङ ०.४९, फाइनान्स ०.२१, होटल तथा पर्यटन १.५४, हाइड्रोपावर १.९६, लगानी १.०८, जीवन बीमा ०.८६, उत्पादन ०.९२, माइक्रोफाइनान्स ०.२६, निर्जीवन बीमा १.३९ तथा व्यापार ०.६९ प्रतिशत घटे । ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । पिपुल्स पावरको ७.८८, उपकार लघुवित्तको ६.३१, नेपाल पुनर्बीमाको ५.६६ तथा लुम्बिनी विकास बैंकको ४.१५ प्रतिशत मूल्य बढ्यो ।

गुराँस लघुवित्तको १०, नेपाल माइक्रो इन्स्योरेन्सको ९.७१, बाराही हाइड्रोपावरको ९.२६, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ७.५५ तथा बुटवल पावरको ६.१२ प्रतिशत मूल्य घट्यो ।राधि विद्युत्, युनिभर्सल पावर, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, ङादी ग्रुप तथा लुम्बिनी विकास बैंक धेरै कारोबार भएका कम्पनी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य