२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्ने खर्चमा सबैभन्दा धेरै बेरुजु

१ जेष्ठ २०८२, बुधबार १५:५०

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्ने खर्चको पारदर्शीता र तथा लेखा अनुशासनमा समस्या देखिएको छ। महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार यी मन्त्रालयले गर्ने खर्चमा सबैभन्दा धेरै बेरुजु (हिसाब मिलान हुन नसकेको तथा अनियमित खर्च) देखिएको छ। गत आर्थिक वर्षमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ६ अर्ब २८ करोड रूपैयाँ रकममा लेखापरीक्षण गरिएकोमा ३८ करोड ४९ लाख रूपैयाँ बेरुजु देखिएको छ।

यो रकम लेखा परीक्षणको तुलनामा ६.१२ प्रतिशत हो। यसमध्ये १५ करोड ५२ लाख रूपैयाँ असुल गर्नुपर्ने बेरुजु रहेको छ। यस्तो बेरुजुलाई सामान्य तथा अनियमितता भएको रकमको रूपमा लिने गरिन्छ। त्यस्तै २२ करोड ९७ लाख रूपैयाँ नियमित गर्नुपर्ने बेरुजु रहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बेरुजु ५.५७ प्रतिशत छ। गत वर्ष यो मन्त्रालयको एक खर्ब १५ अर्ब ६० करोड रूपैयाँ बराबरको लेखा परीक्षण गरिएको थियो।

यसमध्ये ६ अर्ब ४३ करोड रूपैयाँ बेरुजु देखिएको छ। यो रकममा २ अर्ब ३० करोड रूपैयाँ असुल गर्नुपर्ने बेरुजु भनिएको छ। त्यस्तै तीन अर्ब १३ करोड रूपैयाँ नियमित गर्नुपर्ने र ९१ लाख रूपैयाँ पेस्की बेरुजु देखाइएको छ। अर्थमन्त्रालय अन्तर्गतको २४ अर्ब रूपैयाँभन्दा बढीको लेखा परीक्षण गत वर्ष गरिएको थियो। यसको १.३७ प्रतिशत अर्थात ३३ अर्ब ७१ करोड रूपैयाँ बेरुजु देखिएको छ। रक्षा मन्त्रालयको ९४ अर्ब रूपैयाँको लेखा परीक्षणको १.७७ प्रतिशत बेरुजु देखिएको छ।

परराष्ट्र मन्त्रालयको २० अर्ब ४२ करोड रूपैयाँ बराबरको लेखा परीक्षणमा ५.१६ प्रतिशत बेरुजु देखिएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको ३५ अर्ब १० करोडको लेखा परीक्षणमा १.८७ प्रतिशत बेरुजु छ। सहरी विकास मन्त्रालयको ३६ अर्ब ६८ करोड रूपैयाँको लेखा परीक्षणमा १.७१ प्रतिशत बेरुजु छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक खर्ब २८ अर्ब रूपैयाँको लेखा परीक्षणमा १.८७ प्रतिशत बेरुजु देखिएको छ। समग्रमा गत वर्ष संघीय सरकार मातहका मन्त्रालयहरूको ३१ खर्ब ६ अर्ब रूपयाँको लेखा परीक्षण गरिएको थियो।

जसमध्ये ४७ अर्ब ७४ करोड रूपैयाँ बेरुजु देखिएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य