2026-10-07 11:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्ने खर्चमा सबैभन्दा धेरै बेरुजु

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्ने खर्चको पारदर्शीता र तथा लेखा अनुशासनमा समस्या देखिएको छ। महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार यी मन्त्रालयले गर्ने खर्चमा सबैभन्दा धेरै बेरुजु (हिसाब मिलान हुन नसकेको तथा अनियमित खर्च) देखिएको छ। गत आर्थिक वर्षमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ६ अर्ब २८ करोड रूपैयाँ रकममा लेखापरीक्षण गरिएकोमा ३८ करोड ४९ लाख रूपैयाँ बेरुजु देखिएको छ।

यो रकम लेखा परीक्षणको तुलनामा ६.१२ प्रतिशत हो। यसमध्ये १५ करोड ५२ लाख रूपैयाँ असुल गर्नुपर्ने बेरुजु रहेको छ। यस्तो बेरुजुलाई सामान्य तथा अनियमितता भएको रकमको रूपमा लिने गरिन्छ। त्यस्तै २२ करोड ९७ लाख रूपैयाँ नियमित गर्नुपर्ने बेरुजु रहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बेरुजु ५.५७ प्रतिशत छ। गत वर्ष यो मन्त्रालयको एक खर्ब १५ अर्ब ६० करोड रूपैयाँ बराबरको लेखा परीक्षण गरिएको थियो।

यसमध्ये ६ अर्ब ४३ करोड रूपैयाँ बेरुजु देखिएको छ। यो रकममा २ अर्ब ३० करोड रूपैयाँ असुल गर्नुपर्ने बेरुजु भनिएको छ। त्यस्तै तीन अर्ब १३ करोड रूपैयाँ नियमित गर्नुपर्ने र ९१ लाख रूपैयाँ पेस्की बेरुजु देखाइएको छ। अर्थमन्त्रालय अन्तर्गतको २४ अर्ब रूपैयाँभन्दा बढीको लेखा परीक्षण गत वर्ष गरिएको थियो। यसको १.३७ प्रतिशत अर्थात ३३ अर्ब ७१ करोड रूपैयाँ बेरुजु देखिएको छ। रक्षा मन्त्रालयको ९४ अर्ब रूपैयाँको लेखा परीक्षणको १.७७ प्रतिशत बेरुजु देखिएको छ।

परराष्ट्र मन्त्रालयको २० अर्ब ४२ करोड रूपैयाँ बराबरको लेखा परीक्षणमा ५.१६ प्रतिशत बेरुजु देखिएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको ३५ अर्ब १० करोडको लेखा परीक्षणमा १.८७ प्रतिशत बेरुजु छ। सहरी विकास मन्त्रालयको ३६ अर्ब ६८ करोड रूपैयाँको लेखा परीक्षणमा १.७१ प्रतिशत बेरुजु छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक खर्ब २८ अर्ब रूपैयाँको लेखा परीक्षणमा १.८७ प्रतिशत बेरुजु देखिएको छ। समग्रमा गत वर्ष संघीय सरकार मातहका मन्त्रालयहरूको ३१ खर्ब ६ अर्ब रूपयाँको लेखा परीक्षण गरिएको थियो।

जसमध्ये ४७ अर्ब ७४ करोड रूपैयाँ बेरुजु देखिएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए