२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राजनीतिक दलहरूको स्वार्थअनुकलका कारण,राष्ट्र बैंकको गरिमा क्षयीकरण भयो :रास्वपाका सांसद ढकाल

२०८२, २ जेष्ठ बिहीबार १४:२३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सांसद हरि ढकालले राज्य संयन्त्रहरू दलीय चक्रव्यूहमा फसाएर राजनीतिक दलहरूले आफ्नो स्वार्थअनुकल प्रयोग गरेको आरोप लगाएका छन्। आज (बिहीबार) प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले राज्य संरचनाहरू चक्रव्यूहमा फसाएर निहित स्वार्थका लागि प्रयोग भइरहँदा तत्काल फाइदा भए पनि आम नागरिक र विश्व जगत चकित भइरहेको बताएका हुन्।

उनले राष्ट्र बैंक जस्तो गरिमामय संस्थाको प्रमुख नियुक्तिका विषयमा लज्जास्पद र ऐतिहासिक भुल भइरहेको बताएका हुन्। आगामी दिनमा यसले राष्ट्र बैंकको गरिमा क्षयीकरण हुने बताए । विगतमा पनि दलीयकरणको वाछिटा राष्ट्र बैंकमा परिसकेको बताउँदै सांसद ढकालले राजनीतिक बाछिटाबाट उत्पन्न परिस्थिति सबैले देखेको स्मरण गराए । उनले दलहरूले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा दलहरूले गरिरहेको अभ्यास निन्दनीय भएको बताए। उनले विगतमा राष्ट्र बैंकमा दलीयकरणको प्रभावले पारेको असरबारे सिंगो सदनमा बहस गर्न माग गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति