२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा पहिरोमा परि मृत्यु भएका थापाको शव भेटियो

२०७४, २ भाद्र शुक्रबार १६:०८

लोकेन्द्र प्रशनद जोशी/भदौ २, दार्चुला । भारतको उत्तराखण्डस्थित मलपामा भीषण वर्षाका कारण गत साउँन ३० गते बिहान आएको बाढीपहिरोबाट दर्जनौ मानिस बेपत्ता, घाइते र मृत्यु भएको अनुमान गरीएको छ । पहिरो गएको सुरुकै दिनमा १७ जनाको मृत्यु र कम्तिमा ११ जना बेपत्ता भएको खुलेको थियो । जसमध्ये धेरै नेपाली मजदुरहरु समेत रहेको खुल्दै गइरहेको छ ।

भारतको बालुवाकोटमा जाजरकोट घर भएका एक नेपालीको सब भेट्टिएको छ । मालपा पहिरोमा २ जना नेपालीको सब यसअघि नै भेट्टिएको थियो । धारचुलाको मालपा पहिरो पछि जाजरकोट जिल्लाको कुसे गाउँपालीका ५ जर्गाउ बस्ने अन्दाजि ३० बर्षका बिरबहादुर थापाको सब भेट्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

भारतिय प्रहरीले नेपालीको सब भेट्टिएको बताएपछि बालुवाकोटबाट सब ल्याएर अन्तीम दाहसंस्कार गरीएको मृतकका भाइ शेर बहादुर थापाले जानकारी दिनुभयो । मालपा बाट महाकाली नदिले सब बगाएर बालुवाकोट पुर्याएको हो ।

मालपा पहिरोका कारण ठुलो मात्रामा जनधनको क्षति भएको छ । अझै धेरै मानिस बेपत्ता रहेको बताइएको छ ।  नेपाली कामदार सो क्षेत्रमा मजदुरीकालागी जाने भएकोले दार्चुला र अन्य जिल्लाका दर्जन बढी मानिसको ज्यान गएको हुनसक्ने अनुमान गरीएको छ ।

यसअघि सन् १९९८ अगस्ट १७ को राति भीषण बाढी सो क्षेत्रमा पहिरोले ६० जना कैलाश मानसरोवर दर्शनार्थी, आइटीबीपी पुलिस जवानसहित २ सय ६० जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना