२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से सूचकांक साताको अन्तिम दिन ८.४१ अंकले घट्यो

२ जेष्ठ २०८२, बिहीबार १६:०९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घटेको छ । परिसूचक नेप्से ८.४१ अंक घटेको हो । सो कमीपछि नेप्से २६११ अंकमा झरेको छ । योसहित लगातार पाँचौ दिन बजार घटेको हो । ८२ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने एउटाको स्थिर रह्यो ।

अघिल्लो दिन ८ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८ करोडको भयो । यस दिन होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै ४.९१ प्रतिशत बढेको छ । होटल तथा पर्यटन सेक्टरका कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण सन्तोषजनक छ । साथै व्यापार ०.७० प्रतिशत बढ्यो ।

विकास बैंक सेक्टर सबैभन्दा धेरै २.१२ प्रतिशत घट्यो । बैंकिङ ०.३०, फाइनान्स ०.७९, हाइड्रोपावर ०.६५, लगानी ०.०४, जीवन बीमा ०.४१, उत्पादन ०.४५, माइक्रोफाइनान्स ०.०६, निर्जीवन बीमा ०.४० तथा अन्य १.१४ प्रतिशत घटे ।

ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । उपकार लघुवित्तको ९.६२, बाराही हाइड्रोपावरको ८.९४, सोल्टी होटलको ८.०५, नेपाल माइक्रोइन्स्योरेन्सको ५.२४ प्रतिशत मूल्य बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको ८.६५, जोशी हाइड्रोपावरको ७.०६, ग्रिन डेभलपमेन्ट बैंकको ५.९८, सिन्धु विकास बैंकको ५.६९ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा सोल्टी होटल, राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप र सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली