भदौ ४, मलेशिया | गैर आवसिय नेपाली संघ मलेशियाको ५ औ अधिबेशनले यतिबेला  मलेशिया तातिएको छ । उक्त संस्थाको अधिबेशन प्रत्येक २ बर्षमा हुने प्राबधान छ । अधिबेशनमा उम्म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, मलेशिया | गैर आवसिय नेपाली संघ मलेशियाको ५ औ अधिबेशनले यतिबेला  मलेशिया तातिएको छ । उक्त संस्थाको अधिबेशन प्रत्येक २ बर्षमा हुने प्राबधान छ । अधिबेशनमा उम्म"/>
2026-10-26 06:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएन मलेशियाको अधिबेशनमा बहुमतकै लागि यस्तो चलखेल

भदौ ४, मलेशिया | गैर आवसिय नेपाली संघ मलेशियाको ५ औ अधिबेशनले यतिबेला  मलेशिया तातिएको छ । उक्त संस्थाको अधिबेशन प्रत्येक २ बर्षमा हुने प्राबधान छ । अधिबेशनमा उम्मेदवारी दिन मलेशियामा रहेर विभिन्न संघ-संस्थाका प्रतिनिधित्व गरिरहेका  राजनीतिक दल, समाजसेवी, ब्याबसायी, जातिय सस्था र गैर नेपालीहरुको होडबाजी चलिरहेको छ । एन आर एनका पुर्ब पदाधिकारीहरु अधिबेशनको तिब्र तयारीमा लागिपरेका छन् । बहुमत कस्को पक्षमा आउछ र आगामी कार्यकाल कस्को नेतृत्वमा हुने हो ? भन्ने मलेशियामा श्रम गरिरहेका आम नेपाली नागरिकहरुको सरोकार र चासोको बिसय बनिरहेको छ।

‘नेपालका लागि नेपाली’ भन्ने एनआरएनको नाराले बिस्वभर सार्थकता नपाएपनि चर्चा भने कमाउने गरेको छ । NRNA प्राय सबै मुलुकमा बिबादास्पद संस्था भन्दा फरक पर्दैन । मलेशियामा पनि त्यस्तै भयो जे हुनुपर्ने त्यो भइरहेको छैन । जे नहुनुपर्ने त्यो भइरहेको छ । त्यसो त केही दिन अगाडि मात्र १/२ ओटा अनलाइन पत्रीकाले उम्मेदवारी लाई लक्षित गरि मलेशियामा एक दशक देखि समाजसेवा र ब्याबसायी गर्दै आइरहेका हरि भट्टराई र रमेस प्रसाद तिवारीले एन आर एन भवन निर्माणमा बोलेको १ लाख ५१ हजार बुझाएका छैनन् भनेर विवादमा तान्ने काम भयो । चुनाब नजिकिदै गर्दा अप्रत्यक्ष रुपमा गलत प्रचारप्रसार गरेर उम्मेदवारी माथी हमलाको प्रयास भएकै हो ।

त्यसैगरी मलेशियाको अधिबेशन नजिकिदै गर्दा अर्को रहस्य पनि खुलेको छ । यहि अगस्ट २७ तारिक हुने एन आर एनको अधिबेशनलाई लक्षित गरेर हर्बो इन्टरनेसनलले पनि बहुमतको लागि आफ्नो सदस्यहरु प्रशिक्षण दिन NRNA कै लगानिमा नेपालबाट हर्बो सम्बन्धि ख्याती प्राप्त ब्याक्तीहरुलाई मलेशिया बोलाएर हर्बो कार्यक्रमको नाममा NRNA चुनाब र अधिबेशन सम्बन्धि मलेशियाका विभिन्न ठाउमा कार्यक्रम तिब्र गरिरहेको एकाएक रहस्य खुलेको छ । त्यसो त यहाँ मलेशियामा रहेर श्रम गरिरहने नेपालिहरु नै हर्बो ब्याबसायमा आवद्ध छन् । हर्बो एन आर एनकै सिर्ष ब्यक्तिहरुले हाकिरहेको एउटा नेटवर्क  ब्याबसाय हो ।

मलेशियाका विभिन्न क्षेत्रमा रहेर हर्बो नेटवर्क  ब्याबसायमा आवद्ध नेपालीहरु NRNA को लगानिमा सदस्यता निशुल्क खान र बस्ने सुबिधा सहित २६ तारिक बेलुकी नै क्वालालम्पुरको एक होटेलमा जम्मा गर्ने योजना रहेको पनि रहस्य खुलेको छ ।

एउटा सामाजिक संस्थाको नेतृत्व चुन्न पुजिबादी र ब्याबसायिक हाबी बनाउने हो भने के यहाका नेपालीहरुले एन आर एनबाट भरपुर सहयोग प्राप्त गर्लान त भन्ने प्रस्न उठ्न थालिसकेको छ ? सामाजिक अभियान र नितिको आधारमा स्वच्छ र बैचारिक प्रतिस्पर्धा हुनुपर्छ तर यहाँ त्यो नभएर जित्नकै लागि यतिधेरै रकम खर्चेर चुनाबको लागि बहुमत जुटाउने एन आर एन मलेशियाको जिम्मेवारी कता तिर मोडिदै छ भन्ने सजिलै अनुमान लाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने