भदौ ४, मलेशिया | गैर आवसिय नेपाली संघ मलेशियाको ५ औ अधिबेशनले यतिबेला  मलेशिया तातिएको छ । उक्त संस्थाको अधिबेशन प्रत्येक २ बर्षमा हुने प्राबधान छ । अधिबेशनमा उम्म"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, मलेशिया | गैर आवसिय नेपाली संघ मलेशियाको ५ औ अधिबेशनले यतिबेला  मलेशिया तातिएको छ । उक्त संस्थाको अधिबेशन प्रत्येक २ बर्षमा हुने प्राबधान छ । अधिबेशनमा उम्म"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएन मलेशियाको अधिबेशनमा बहुमतकै लागि यस्तो चलखेल

२०७४, ४ भाद्र आईतवार ०४:२६

भदौ ४, मलेशिया | गैर आवसिय नेपाली संघ मलेशियाको ५ औ अधिबेशनले यतिबेला  मलेशिया तातिएको छ । उक्त संस्थाको अधिबेशन प्रत्येक २ बर्षमा हुने प्राबधान छ । अधिबेशनमा उम्मेदवारी दिन मलेशियामा रहेर विभिन्न संघ-संस्थाका प्रतिनिधित्व गरिरहेका  राजनीतिक दल, समाजसेवी, ब्याबसायी, जातिय सस्था र गैर नेपालीहरुको होडबाजी चलिरहेको छ । एन आर एनका पुर्ब पदाधिकारीहरु अधिबेशनको तिब्र तयारीमा लागिपरेका छन् । बहुमत कस्को पक्षमा आउछ र आगामी कार्यकाल कस्को नेतृत्वमा हुने हो ? भन्ने मलेशियामा श्रम गरिरहेका आम नेपाली नागरिकहरुको सरोकार र चासोको बिसय बनिरहेको छ।

'नेपालका लागि नेपाली' भन्ने एनआरएनको नाराले बिस्वभर सार्थकता नपाएपनि चर्चा भने कमाउने गरेको छ । NRNA प्राय सबै मुलुकमा बिबादास्पद संस्था भन्दा फरक पर्दैन । मलेशियामा पनि त्यस्तै भयो जे हुनुपर्ने त्यो भइरहेको छैन । जे नहुनुपर्ने त्यो भइरहेको छ । त्यसो त केही दिन अगाडि मात्र १/२ ओटा अनलाइन पत्रीकाले उम्मेदवारी लाई लक्षित गरि मलेशियामा एक दशक देखि समाजसेवा र ब्याबसायी गर्दै आइरहेका हरि भट्टराई र रमेस प्रसाद तिवारीले एन आर एन भवन निर्माणमा बोलेको १ लाख ५१ हजार बुझाएका छैनन् भनेर विवादमा तान्ने काम भयो । चुनाब नजिकिदै गर्दा अप्रत्यक्ष रुपमा गलत प्रचारप्रसार गरेर उम्मेदवारी माथी हमलाको प्रयास भएकै हो ।

त्यसैगरी मलेशियाको अधिबेशन नजिकिदै गर्दा अर्को रहस्य पनि खुलेको छ । यहि अगस्ट २७ तारिक हुने एन आर एनको अधिबेशनलाई लक्षित गरेर हर्बो इन्टरनेसनलले पनि बहुमतको लागि आफ्नो सदस्यहरु प्रशिक्षण दिन NRNA कै लगानिमा नेपालबाट हर्बो सम्बन्धि ख्याती प्राप्त ब्याक्तीहरुलाई मलेशिया बोलाएर हर्बो कार्यक्रमको नाममा NRNA चुनाब र अधिबेशन सम्बन्धि मलेशियाका विभिन्न ठाउमा कार्यक्रम तिब्र गरिरहेको एकाएक रहस्य खुलेको छ । त्यसो त यहाँ मलेशियामा रहेर श्रम गरिरहने नेपालिहरु नै हर्बो ब्याबसायमा आवद्ध छन् । हर्बो एन आर एनकै सिर्ष ब्यक्तिहरुले हाकिरहेको एउटा नेटवर्क  ब्याबसाय हो ।

मलेशियाका विभिन्न क्षेत्रमा रहेर हर्बो नेटवर्क  ब्याबसायमा आवद्ध नेपालीहरु NRNA को लगानिमा सदस्यता निशुल्क खान र बस्ने सुबिधा सहित २६ तारिक बेलुकी नै क्वालालम्पुरको एक होटेलमा जम्मा गर्ने योजना रहेको पनि रहस्य खुलेको छ ।

एउटा सामाजिक संस्थाको नेतृत्व चुन्न पुजिबादी र ब्याबसायिक हाबी बनाउने हो भने के यहाका नेपालीहरुले एन आर एनबाट भरपुर सहयोग प्राप्त गर्लान त भन्ने प्रस्न उठ्न थालिसकेको छ ? सामाजिक अभियान र नितिको आधारमा स्वच्छ र बैचारिक प्रतिस्पर्धा हुनुपर्छ तर यहाँ त्यो नभएर जित्नकै लागि यतिधेरै रकम खर्चेर चुनाबको लागि बहुमत जुटाउने एन आर एन मलेशियाको जिम्मेवारी कता तिर मोडिदै छ भन्ने सजिलै अनुमान लाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश