Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | स्थानीय बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ ।

आइतबार एक लाख ८४ हजार २०० रुपैयाँ रहेको एक तोला छापावाल सुन सोमबार एक ८४ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी एक हजार ९४५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।