2026-10-01 08:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की

काठमाडौँ | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्यसंयन्त्रअन्तर्गतका सरोकार भएका पक्षसँगको सहयोग र सहकार्य गरी विपद् न्यूनीकरण तथा व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

‘कोशी प्रदेश विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन एकीकृत अभ्यास हातेमालो–७’ कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले विपद्जन्य घटना र त्यसबाट हुने क्षति न्यूनीकरणका लागि सहयोग र सहकार्यसहित एकीकृत प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले विपद् न्यूनीकरण, उद्धार, राहत वितरणका क्षेत्रमा नेपाली सेनासहित सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी र नेपाल स्काउटको भूमिका महत्वपूर्ण रहेकाले सहयोग र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले यस वर्ष औषत वर्षा बढी हुने मौसम विज्ञहरुको भनाइ उद्धृत गर्दै मनसुसन सुरु हुनुअघि नै कोशी प्रदेशका केही ठाउँमा विपद्का घटनाहरु देखिएकाले त्यसतर्फ स्थानीय निकाय, प्रमुख जिल्ला अधिकारीसहित जिम्मेवार निकायका बीच समन्वय हुुनपर्नेमा जोड दिनुभयो ।

विराटनगर विमानस्थलमा नेपाली सेनाको हेलिकप्टर राख्ने व्यवस्थाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एक वर्षअघि पत्राचार गरे पनि अझैसम्म अनुमति प्राप्त नभएकामा दुःख व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषयमा ढिलासुस्ती हुँदा अपूरणीय क्षति व्यहोर्नु परेकोतर्फ सम्बद्ध निकायको ध्यान जाओस् भन्नुभयो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकार विपद्जन्य घटनाबाट हुने जोखिमलाई न्यूनीकरण गर्न गम्भीर रहेको बताउँदै उहाँले चालु आर्थिक वर्षमा विपद् जोखिम न्यूनीकरण गर्न रु एक करोड ५० लाख बजेट विनियोजन गरेको र आगामी वर्ष बजेट थप गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेशमा विपद्का दृष्टिले जोखिम क्षेत्रहरूको नाप–नक्सासहित पहिचान भइसकेका जानकारी दिँदै जोखिम हुने त्यस्ता ठाउँमा कार्यगत योजना बनाई क्षति न्यूनीकरणका पक्षमा सरकार जुटेको बताउनुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना र पूर्वी पृतना हेडक्वाटर इटहरी सुनसरीको व्यवस्थापनमा सञ्चालित विपद् व्यवस्थापनसम्बन्धी दुईदिने सो अभ्यास कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट र राष्ट्रसेवक कर्मचारीसमेत गरी ९० जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता