२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की

७ जेष्ठ २०८२, मंगलवार १३:०६

काठमाडौँ | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्यसंयन्त्रअन्तर्गतका सरोकार भएका पक्षसँगको सहयोग र सहकार्य गरी विपद् न्यूनीकरण तथा व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

‘कोशी प्रदेश विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन एकीकृत अभ्यास हातेमालो–७’ कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले विपद्जन्य घटना र त्यसबाट हुने क्षति न्यूनीकरणका लागि सहयोग र सहकार्यसहित एकीकृत प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले विपद् न्यूनीकरण, उद्धार, राहत वितरणका क्षेत्रमा नेपाली सेनासहित सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी र नेपाल स्काउटको भूमिका महत्वपूर्ण रहेकाले सहयोग र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले यस वर्ष औषत वर्षा बढी हुने मौसम विज्ञहरुको भनाइ उद्धृत गर्दै मनसुसन सुरु हुनुअघि नै कोशी प्रदेशका केही ठाउँमा विपद्का घटनाहरु देखिएकाले त्यसतर्फ स्थानीय निकाय, प्रमुख जिल्ला अधिकारीसहित जिम्मेवार निकायका बीच समन्वय हुुनपर्नेमा जोड दिनुभयो ।

विराटनगर विमानस्थलमा नेपाली सेनाको हेलिकप्टर राख्ने व्यवस्थाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एक वर्षअघि पत्राचार गरे पनि अझैसम्म अनुमति प्राप्त नभएकामा दुःख व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषयमा ढिलासुस्ती हुँदा अपूरणीय क्षति व्यहोर्नु परेकोतर्फ सम्बद्ध निकायको ध्यान जाओस् भन्नुभयो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकार विपद्जन्य घटनाबाट हुने जोखिमलाई न्यूनीकरण गर्न गम्भीर रहेको बताउँदै उहाँले चालु आर्थिक वर्षमा विपद् जोखिम न्यूनीकरण गर्न रु एक करोड ५० लाख बजेट विनियोजन गरेको र आगामी वर्ष बजेट थप गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेशमा विपद्का दृष्टिले जोखिम क्षेत्रहरूको नाप–नक्सासहित पहिचान भइसकेका जानकारी दिँदै जोखिम हुने त्यस्ता ठाउँमा कार्यगत योजना बनाई क्षति न्यूनीकरणका पक्षमा सरकार जुटेको बताउनुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना र पूर्वी पृतना हेडक्वाटर इटहरी सुनसरीको व्यवस्थापनमा सञ्चालित विपद् व्यवस्थापनसम्बन्धी दुईदिने सो अभ्यास कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट र राष्ट्रसेवक कर्मचारीसमेत गरी ९० जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य