2026-10-02 04:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

‘जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ ’

काठमाडौँ | झापाको हल्दिबारी गाउँपालिकाको वडा नं ५ र १ जोड्ने भुतेनी खोलामा पुल निर्माण भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले आज पुलको शुभारम्भ गर्नुहुँदै जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी भए विकासमा कुनै अवरोध नआउने बताउनुभयो । “हल्दिबारीले यहाँको सर्वाङ्गीण विकासमा जुन फड्को मारिरहेको छ, म त्यसका लागि सबैलाई बधाइ दिन्छु”, उहाँले भन्नुभयो ।

हालसम्म एक सय ५० काठेपुल विस्थापित गरी पुल र कल्भर्ट निर्माण गरिएको गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देन बताउनुभयो । यससँगै भुसुडी खोलामा थप दुईवटा पुल निर्माण सम्पन्न हुन लागेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) हल्दिबारी अध्यक्ष त्रिलोचन सपाकोटाले कम लागत र समयमै पुल निर्माण हुनु सुखद् भएको बताउनुभयो । गाउँपालिकाले राजनीतिक पूर्वाग्रह नराखी नयाँ र पुराना योजना सञ्चालन गरिरहेको बताउनुहुँदै उहाँले स्थानीय तहकै बजेटमा पुल निर्माण हुनु गौरवको विषय बनेको उल्लेख गर्नुभयो ।

हल्दिबारी गाउँपालिकाको आफ्नै बजेटबाट भुतेनी खोलाम एउटा र भुसुडी खोलमा दुईवटा रु चार करोड ९६ लाख ८५ हजार ९२८ को लागत निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिनुभयो । आज भुतेनी खोलामा उद्घाटन गरिएको पुलको लागत रु दुई करोड ३० लाख रहेको छभने लम्बाइ ४२.७ मिटर र चौडाइ ७.२ मिटर रहेको छ । पुल निर्माणको ठेक्का सारा सृष्टि निर्माण सेवा प्रालिले पाएको थियो । गाउँपालिकाले दुई वर्षभित्र पुलको निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनी सारा सृष्टिसँग २०७९ मङ्सिर ७ गते सम्झौता गरेको उहाँले बताउनुभयो ।

पुल निर्माण भएसँगै हल्दिबारी गाउँपालिकासँग हल्दिबारी–१ वासीको सिधा सम्पर्क भएको छभने वडा नं ५ र १ का हजारौँ स्थानीयवासी लाभान्विन भएको नगरपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले जानकारी दिनुभयो । वर्षायाममा आवातजावत गर्न सास्ती व्यहोरिरहेका नजिकै रहेको धनुषा आधारभूत विद्यालयका विद्यार्थीलाई समेत पुल निर्माण भएपछि सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता