२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतमा भवन भत्किदा छ जनाको मृत्यु

२०८२, ८ जेष्ठ बुधबार १७:२८

भारतको दक्षिणपश्चिमी महाराष्ट्र राज्यको एउटा पुरानो भवनको भाग मङ्गलबार राति भत्किँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको जनाइएको छ ।

महाराष्ट्रको ‘कल्याण एस्टे क्षेत्र’ मा भवनभित्र मर्मत सम्भार भइरहेको बेला घटना भएको भारतीय सञ्चारमाध्यमले समाचारमा जनाएका छन् ।

सञ्चारमाध्यमका अनुसार मर्मत कार्य गर्दा भवनको दोस्रो तलाको क्षत अचानक ढली भुइँमा खस्दा १२ जना उक्त भग्नावशेषमा फसेका थिए ।

घटनामा छ जनाको तत्कालै मृत्यु भएको तथा घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको र उद्धार अभियान तीन घण्टाभन्दा बढी चलेको प्रहरीले बताएको छ ।

घटनापछि, मनसुनको मौसम सुरु हुनुअघि सावधानीका रूपमा भवनका बासिन्दाहरूलाई भवनको संरचनात्मक परीक्षण गर्न चेतावनी जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ