२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजामा इजरायली नाकाबन्दी, कुपोषण र औषधिको अभावमा ३०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु

२०८२, ८ जेष्ठ बुधबार १७:३३

गाजा पट्टीमा इजरायली नाकाबन्दीका कारण उत्पन्न अनिकाल र कुपोषणका कारण ५८ जना प्यालेस्टिनीको ज्यान गएको गाजाका सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सञ्चारमाध्यमका अनुसार २६ जना मृगौला पीडीतसहित खाना र औषधिको अभावका कारण थप २४२ जनाको मृत्यु भएको छ । यसैगरी इजरायली नाकाबन्दीको दुष्प्रभावले ८० दिनमा ३०० गर्भवती महिलाहरूमा स्वतः गर्भपात भएको जनाइएको छ ।

सञ्चारमाध्यले प्यालेस्टिनीमाथि लादिएको भोकमरीको कारण गाजामा बढ्दो मानवीय प्रकोपप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस्तो प्रवृतिको निन्दा गरेको छ । खाना चिकित्सा सेवा र इन्धनको प्रवेश रोक्न लगातारको नाकाकन्दी गाजाका २४ मिलियन भन्दा बढी प्यालेस्टिनीहरूको जीवनलाई खतरा पु¥याउन कदमलाई विनाशकारी मानवीय आपराधिक प्रवृतिको रूपमा चित्रण गरिएको छ ।

सञ्चारमाध्यमका अनुसार सन् २०२५ मार्च २ देखि इजरायलले गाजा पट्टीमा एकल मानवीय सहायता वा ईन्धन ट्रकको प्रवेशलाई अनुमति दिएको छैन ।

यी सबै सीमा मार्गहरूको बन्द अन्तर्राष्ट्रिय कानून र मापदण्डहरूको उल्लङ्घन भएको र यसप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण भएको रिपोर्टमा जनाइएको छ । रिपोर्टमा गाजाको मानवीय अवस्था हरेक कोणबाट विनाशकारी स्तरमा पुगेको जनाएको छ ।

अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्र संघ र मानवतावादी सङ्गठनहरूलाई सबै सीमा खोली गाजामा खाना, औषधि र इन्धनको प्रवेशलाई अनुमति दिई नागरिकको जीवन बचाउन आह्वान गरेका रिपोर्टमा उल्लेख छ ।

स्थानीय सञ्चारमाध्यमले अन्तर्राष्ट्रिय फौजदारी अदालत र मानव अधिकार तथा कानुनी संस्थाहरूलाई इजरायललाई युद्ध अपराधीको रूपमा मुद्दा चलाउन तथा नैतिक र कानुनी रुपमा जिम्मेवारी लिनुपर्ने जनाएका छन् ।

इजरायलले मार्च १८ मा गाजामा आफ्नो आक्रमण पुनः सुरु गरेपछि यस क्षेत्रमा आक्रमणमा परी १२ हजारभन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै कयौँ घाइते भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न