२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्यमन्त्री पौडेल स्वदेश फिर्ता

२०८२, ९ जेष्ठ बिहीबार १२:३४

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल स्वदेश फर्किएका छन् । स्विजरल्यान्डको जेनेभामा जारी ७८ औं विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भएर बिहीबार उनी स्वदेश फर्किएका हुन् ।स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जेनेभामा जारी ७८ औं विश्व स्वास्थ्य सम्मेलन आर्थिक समस्या समाधान गर्नका लागि सदस्यता राष्ट्रहरुका बीचमा छलफल केन्द्रित भएको बताए ।

उनले लगानी प्राप्त हुने स्थिती घटेकोले त्यसलाई समाधान गर्नका लागि सदस्यता शुल्क वृद्धि गर्नेदेखि लिएर सम्बन्धित राष्ट्रहरुलाई त्यहि ढंगबाट लगानी गर्नका निम्ती आधिकारिक रुपमा विश्व स्वास्थ्य सम्मेलनले अनुरोध गरेको समेत बताए । उनले भने, ‘आर्थिक समस्या समाधान गर्नका लागि सदस्यता राष्ट्रहरुका बीचमा छलफल केन्द्रित थियो । खासगरी विगतमा जुन ढंगबाट लगानी प्राप्त हुने स्थिती हो त्यो घटेको स्थिती छ । त्यसलाई समाधान गर्नका लागि सदस्यता शुल्क वृद्धि गर्नेदेखि लिएर जुन लगानी हुँदै आएको थियो ति सम्बन्धित राष्ट्रहरुलाई त्यहि ढंगबाट लगानी गर्नका निम्ती आधिकारिक रुपमा विश्व स्वास्थ्य सम्मेलनले अनुरोध गरेको छ ।’

साथै उनले अहिले डब्लुएचओले जुन देश महामारीबाट बढि प्रभावित हुन्छ त्यो देशलाई डब्लुएचओबाटै आधिकारीक रुपमा सहयोग पुर्याउने गरी नीतिगत व्यवस्थाको प्रस्ताव पास गरेको समेत बताए । उनले यो महासभापछि महामारी भएको मुलुकमा अनिवार्य रुपमा डब्लुएचओले सहयोग प्रदान गर्नेे एउटा उपलब्धि भएको बताए ।

उनले भने, ‘विभिन्न पक्षका छलफलहरु निरन्तर जारी रहिरहेको अवस्था छ । लगानी जुटाउने, व्यवस्थित ढंगबाट आर्थिक पक्षमा मजबुत हुने, सदस्य राष्ट्रहरुबाट नै थप लगानीका निम्ती कोशिस गर्ने कामहरु भैइरहेका छन् । खासगरी अहिले डब्लुएचओले महामारी भएको अवस्थामा जुन देश महामारीबाट बढि प्रभावित हुन्छ त्यो देशलाई डब्लुएचओबाटै आधिकारीक रुपमा सहयोग पुर्याउने गरी नीतिगत व्यवस्थाको प्रस्ताव डब्लुएचओले पास गरेको छ ।

त्यसबाट हाम्रा जस्ता विपन्न राष्ट्रहरुलाई प्रत्यक्ष लाभ हुने देखिन्छ । अरु बेला यस्तो अवस्था बनेको थिएन यो महासभापछि महामारी भएको मुलुकमा अनिवार्य रुपमा डब्लुएचओले सहयोग प्रदान गर्ने यो एउटा उपलब्धि हो ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी