भदौ ७, लस एन्जेलस (एपी) | अमेरिकाको लस एन्जेलसस्थित अदालतका न्यायाधीशहरूको एक इजलासले जोन्सन एन्ड जोन्सन कम्पनीलाई ४१ करोड ७ लाख अमेरिकी डलर (करिब ४२ अर्ब ७५ करोड ९६ ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, लस एन्जेलस (एपी) | अमेरिकाको लस एन्जेलसस्थित अदालतका न्यायाधीशहरूको एक इजलासले जोन्सन एन्ड जोन्सन कम्पनीलाई ४१ करोड ७ लाख अमेरिकी डलर (करिब ४२ अर्ब ७५ करोड ९६ ला"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जोन्सनको बेबी पाउडरले क्यान्सर, ४३ अर्ब क्षेतीपूर्ति तिर्न अदालतको आदेश !

७ भाद्र २०७४, बुधबार ०३:५४

भदौ ७, लस एन्जेलस (एपी) | अमेरिकाको लस एन्जेलसस्थित अदालतका न्यायाधीशहरूको एक इजलासले जोन्सन एन्ड जोन्सन कम्पनीलाई ४१ करोड ७ लाख अमेरिकी डलर (करिब ४२ अर्ब ७५ करोड ९६ लाख ४७ हजार रुपैया) क्षतिपूर्ति तिर्न सोमबार आदेश दिएको छ । 

क्यालिफोर्नियाली एक महिलाले कम्पनीको बेबी पाउडर प्रयोग गर्दा डिम्बाशयको क्यान्सर भएको दाबी गर्दै दायर गरको मुद्दाको फैसलामा इजलासले उक्त आदेश दिएको हो । मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशको इजलासले अस्पतालमा उपचार गराइरहेकी ६३ वर्षीया इभा इचेभर्रियालाई उक्त रकम दिन आदेश दिएको हो । ती महिलाले ११ वर्षको उमेरदेखि जोन्सन एन्ड जोन्सन कम्पनीको पाउडर प्रयोग गर्दै आएको बताएकी छन् । तिघ्राको काछ वरपर सुख्खा र स्वच्छ बनाइराख्नका लागि उनी नियमित रूपमा कम्पनीको बेबी पाउडर प्रयोग गर्थिन्।

अमेरिकाका विभिन्न अदालतमा कम्पनीविरुद्ध शृंखलाबद्ध सुनुवाइ हुँदै आएको छ । तर, हालसम्मकै सबैभन्दा ठूलो रकम क्षतिपूर्तिबापत पाउने इचेभर्रिया पहिलो बनेकी छन् ।

पाउडर प्रयोग गरकै कारण आफूलाई डिम्बाशयको क्यान्सर भएको भन्दै अन्य महिलालाई जोन्सन एन्ड जोन्सनको टेलकम पाउडर उपयोग नगर्न सल्लाह दिएकी छन्। उनले आफ्नो उजुरीमा लेखेकी छन्, ‘टेलकम पाउडर असामान्य रूपमा खतरनाक र दोषपूर्ण प्रकृतिको भएकै कारण डिम्बाशयको क्यान्सर भएको हो ।’ अघिल्लो वर्ष १६ दशमलव ५ अर्ब अमेरिकी डलरको व्यापार गरको कम्पनीलेआफ्नो उत्पादनमा चेतावनी लेखेपछि बल्ल इचेभर्रियाले जोन्सन पाउडरको प्रयोग गर्न बन्द गरको सञ्चार माध्यमहरूलाई बताएकी छन् । भनिन्, ‘तर, ढिलो भइसकेको रहेछ ।’ इचेभर्रियाको मुद्दाको सुनुवाइका क्रममा कम्पनीका कानुन व्यवसायीलेअमेरिकी खाद्य तथा औषधि विभागसहित विभिन्न वैज्ञानिक अनुसन्धानले जोन्सन एन्ड जोन्सनको उत्पादनमा खराबी नभएको पत्ता लागेको दाबी गरका थिए । सन् २००० मा कम्पनीले हावार्ड विश्वविद्यालयका अनुसन्धानकर्मीले पाउडर प्रयोग गर्ने ७८ हजार ६ सय ३० सहित १ लाख २१ हजार

महिलामाथि गरिएको अध्ययनमा दुर्भाग्यवश ३ सय ७ मा डिम्बाशयको क्यान्सर भेटिएको समेत कम्पनीको भनाइलाई तिनले राखेका थिए । कम्पनीले भनेको छ, ‘अनुसन्धाकर्मीले आफ्नो समग्र रिपोर्टमा पाउडर प्रयोग गर्दा इपिथिलय ओभरी क्यान्सर नपाएको बताएको थियो ।’ एक हजारभन्दा बढी महिला, जो कम्पनीकोबेबी पाउडर प्रयोग गर्ने गर्छन्, ती मध्ये इचेभर्रिया पनि एक थिइन् । तर, कम्पनीविरुद्ध थोरैमात्र महिला अदालत जाने गरको छन्। यसै वर्षको मेमा मिसौरीस्थित अदालतका न्यायाधीशहरूको बेन्चले भर्जिनियाकी एक महिलालाई ११ करोड अमेरिकी डलरको क्षतिपूर्ति कम्पनीबाट भराएको थियो । अघिल्लो वर्ष पनि पनि मिसौरी अदालतले साढे ५ करोड र ७ करोड २० लाख अमेरिकी डलरको क्षतिपूर्ति तिर्न कम्पनीलाई आदेश दिएको थियो । ७ करोड २० लाख क्षतिपूर्ति पाउने महिलाकोअदालती फैसला आउनुअघि नै मृत्यु भइसकेको थियो । यसै वर्षको मार्चमा सेन्ट लोउस स्थित अदालतका न्यायाधीशले कम्पनीविरुद्ध एक महिलाले दायर गर्न खोजेको मुद्दा अस्वीकार गरको न्युयोर्क टाइम्सले जनाएको छ । धेरै महिलाहरूले आफ्नो तिघ्राको काछ वरपर, स्यानिटरी प्याड या कट्टुलाई सुकाउन र ताजा बनाइराख्न बेबी पाउडरको प्रयोग गर्छन् । अमेरिकी राष्ट्रिय क्यान्सर संस्थाका अनुसार अमेरिकामा १ दशमलव ३ प्रतिशतलाई डिम्बाशयको क्यान्सर रहेको छ । सन् १९७१ मा वाल्सका वैज्ञानिकहरूले पाउडरको कणहरूमा ओभरी र सर्भाकल (डिम्बा र ग्रिवा) ट्युमर हुने पत्ता लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य