३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन विश्वविद्यालयले असार मसान्तभित्र लेखापरीक्षण गर्न नसक्ने निकायको निकासा रोक्का गर्ने

९ जेष्ठ २०८२, बिहीबार १५:०२

काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले असार मसान्तभित्र लेखापरीक्षण गर्न नसक्ने निकायको निकासा रोक्का गर्ने भएको छ। लेखापरीक्षण महाशाखा र आर्थिक प्रशासन महाशाखाको संयुक्त आयोजनामा बिहीबार भएको लेखापरीक्षण र बेरुजुसम्बन्धी छलफलमा त्रिविका रजिस्टार प्रा.डा. केदारप्रसाद रिजालले उक्त कुरा बताएका हुन्।

उनले आर्थिक वर्ष २०८०।०८१मा अन्तिम लेखा परीक्षण हुन बाँकी १ सय ५ र अन्य आर्थिक वर्षमा समेत लेखापरीक्षण नभएका गरी जम्मा १ सय ७९ निकायलाई असार मसान्तभित्रै बक्यौता अन्तिम लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएका छन्।

रिजालले भने, ‘प्राविधिक तथा अन्य केही समस्या भए तत्काल केन्द्रीय कार्यालयलाई जानकारी गराउनुहोला। कुनै पनि बहानामा अन्तिम लेखापरीक्षण नभए निकासा रोक्न बाध्य हुनेछौँ।’

त्रिभुवन विश्वविद्याल स्मृती भवन कीर्तीपुरमा आयोजित लेखापरीक्षण र बेरुजु सम्वन्धी छलफल कार्यक्रममा काठमाडौँ उपत्यका भित्र रहेका आर्थिक बर्ष २०८०।०८१मा अन्तिम लेखापरीक्षण नभएका आंगिक क्याम्पस, केन्द्रीय विभाग, अनुसन्धान केन्द्र,विभिन्न अस्पताल तथा निकायहरुका निकाय प्रमुख र लेखा उत्तरदायी कर्मचारी सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड