३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटन प्रवर्द्धनमा राससको फोटो पुस्तक उपयोगीः पर्यटनमन्त्री पाण्डे

९ जेष्ठ २०८२, बिहीबार १७:३०

काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय समाचार समिति (रासस) फोटो पुस्तकले नेपालको प्रकृति, संस्कृति र सम्पदालाई तस्वीरका माध्यमबाट प्रवर्द्धन गरेको बताउनुभएको छ ।

राससद्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ काे आज सिंहदरबारस्थित मन्त्रालयमा ग्रहण गर्दै उहाँले पुस्तकले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पर्यटनमन्त्री पाण्डेले भौतिक विकास, प्राकृतिक तथा सांस्कृतिक सम्पदा, संस्कृतिलगायत मुलुकभित्र रहेका विविध पहिचानको उजागर गर्दै पुस्तकले ‘नेपालमा केही भइरहेको छ, सकारात्मक परिवर्तन भइरहेका छन्’ भन्ने आशाको सञ्चार गरेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा केही पनि भएको छैन भनेर निराशा सम्प्रेषण गर्ने प्रवृत्ति बढिरहेका बेलामा पुस्तकले आशाको सञ्चार भर्ने काम गरेको छ । मुलुकको पहिचान बोकेका मूल्यवान् तस्वीर खिच्नुहुने फोटो पत्रकार साथीहरू, पुस्तक प्रकाशनमा खटिनुहुने रासस व्यवस्थापनलगायत रासस परिवारलाई धन्यवाद दिन चाहन्छु ।”

पर्यटनमन्त्री पाण्डेले नेपालको परिचय र पहिचानलाई प्रवर्द्धन गर्न रासस फोटो पुस्तकको महत्त्वपूर्ण भूमिका रहने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

“राससको फोटो पुस्तकले नेपालको प्रकृति, संस्कृति, सम्पदा र भौतिक विकासलाई समेट्न खोजेको छ”, उहाँले भन्नुभयो, “यसले मुलुकमा भौतिक विकास निरन्तर भइरहेको छ भन्ने सन्देश दिनुका साथै नेपाल प्रकृति र संस्कृतिमा समृद्ध छ भन्ने सन्देश प्रवाह गरेको छ ।”

मन्त्री पाण्डेले आगामी दिनमा ‘रासस फोटो पुस्तक’ थप प्रकाशन गरेर बढीभन्दा बढी सङ्ख्यामा स्वदेशी तथा विदेशीको हातमा पुर्‍याउन मन्त्रालयले आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो,

“पर्यटन प्रवर्द्धन र पर्यटकीय गन्तव्यका बारेमा जानकारी उपलब्ध गराउन पुस्तकले महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास लिएको छु । रासस, पर्यटन मन्त्रालय र मातहतका अन्य निकायबीच सहकार्य र समन्वय गरेर पुस्तकको पुनःप्रकाशन र थप वितरण गर्नुपर्ने जरुरी छ ।”

फोटो पुस्तक हस्तान्तरण गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस फोटो पुस्तक पुनःप्रकाशनका लागि सहयोग गर्न पर्यटनमन्त्री, मन्त्रालय र मातहतका सबैलाई आग्रह गर्नुभयो । उहाँले फोटो पुस्तकले ‘नेपालमा विकास भएन, कुनै पनि सकारात्मक काम भएनन्’ भनेर स्थापित गर्न खोजिएको गलत भाष्यलाई चिर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष झाले मन्त्री पाण्डेलाई फोटो पुस्तक तयारी, छपाइ प्रक्रिया, समेटिएका विषयवस्तुलगायत विषयमा जानकारी गराउँदै पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा भाषा, संस्कृति र सम्पादाको संरक्षण एवं सम्वर्द्धनमा पुस्तक उपयोगी हुने बताउनुभयो ।

उहाँका अनुसार पुस्तकमा देशका सबै जातजाति, भाषाभाषी, भूगोल, धर्म, संस्कृति र पूर्वाधार निर्माणका क्षेत्रमा भइरहेका गतिविधिलाई समेटेर ९० जना फोटो पत्रकारले खिच्नुभएका एक सय ८२ वटा तस्वीर समावेश छन् ।

राससले ६४औँ वार्षिकोत्सवका अवसरमा ‘राससको फोटो किताबः गणतन्त्रको १६ वर्ष’ पुस्तक प्रकाशन गरेको थियो । पुस्तक हस्तान्तरण कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, राससका वरिष्ठ कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतोको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली