2026-07-26 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटन प्रवर्द्धनमा राससको फोटो पुस्तक उपयोगीः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय समाचार समिति (रासस) फोटो पुस्तकले नेपालको प्रकृति, संस्कृति र सम्पदालाई तस्वीरका माध्यमबाट प्रवर्द्धन गरेको बताउनुभएको छ ।

राससद्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ काे आज सिंहदरबारस्थित मन्त्रालयमा ग्रहण गर्दै उहाँले पुस्तकले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पर्यटनमन्त्री पाण्डेले भौतिक विकास, प्राकृतिक तथा सांस्कृतिक सम्पदा, संस्कृतिलगायत मुलुकभित्र रहेका विविध पहिचानको उजागर गर्दै पुस्तकले ‘नेपालमा केही भइरहेको छ, सकारात्मक परिवर्तन भइरहेका छन्’ भन्ने आशाको सञ्चार गरेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा केही पनि भएको छैन भनेर निराशा सम्प्रेषण गर्ने प्रवृत्ति बढिरहेका बेलामा पुस्तकले आशाको सञ्चार भर्ने काम गरेको छ । मुलुकको पहिचान बोकेका मूल्यवान् तस्वीर खिच्नुहुने फोटो पत्रकार साथीहरू, पुस्तक प्रकाशनमा खटिनुहुने रासस व्यवस्थापनलगायत रासस परिवारलाई धन्यवाद दिन चाहन्छु ।”

पर्यटनमन्त्री पाण्डेले नेपालको परिचय र पहिचानलाई प्रवर्द्धन गर्न रासस फोटो पुस्तकको महत्त्वपूर्ण भूमिका रहने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

“राससको फोटो पुस्तकले नेपालको प्रकृति, संस्कृति, सम्पदा र भौतिक विकासलाई समेट्न खोजेको छ”, उहाँले भन्नुभयो, “यसले मुलुकमा भौतिक विकास निरन्तर भइरहेको छ भन्ने सन्देश दिनुका साथै नेपाल प्रकृति र संस्कृतिमा समृद्ध छ भन्ने सन्देश प्रवाह गरेको छ ।”

मन्त्री पाण्डेले आगामी दिनमा ‘रासस फोटो पुस्तक’ थप प्रकाशन गरेर बढीभन्दा बढी सङ्ख्यामा स्वदेशी तथा विदेशीको हातमा पुर्‍याउन मन्त्रालयले आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो,

“पर्यटन प्रवर्द्धन र पर्यटकीय गन्तव्यका बारेमा जानकारी उपलब्ध गराउन पुस्तकले महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास लिएको छु । रासस, पर्यटन मन्त्रालय र मातहतका अन्य निकायबीच सहकार्य र समन्वय गरेर पुस्तकको पुनःप्रकाशन र थप वितरण गर्नुपर्ने जरुरी छ ।”

फोटो पुस्तक हस्तान्तरण गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस फोटो पुस्तक पुनःप्रकाशनका लागि सहयोग गर्न पर्यटनमन्त्री, मन्त्रालय र मातहतका सबैलाई आग्रह गर्नुभयो । उहाँले फोटो पुस्तकले ‘नेपालमा विकास भएन, कुनै पनि सकारात्मक काम भएनन्’ भनेर स्थापित गर्न खोजिएको गलत भाष्यलाई चिर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष झाले मन्त्री पाण्डेलाई फोटो पुस्तक तयारी, छपाइ प्रक्रिया, समेटिएका विषयवस्तुलगायत विषयमा जानकारी गराउँदै पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा भाषा, संस्कृति र सम्पादाको संरक्षण एवं सम्वर्द्धनमा पुस्तक उपयोगी हुने बताउनुभयो ।

उहाँका अनुसार पुस्तकमा देशका सबै जातजाति, भाषाभाषी, भूगोल, धर्म, संस्कृति र पूर्वाधार निर्माणका क्षेत्रमा भइरहेका गतिविधिलाई समेटेर ९० जना फोटो पत्रकारले खिच्नुभएका एक सय ८२ वटा तस्वीर समावेश छन् ।

राससले ६४औँ वार्षिकोत्सवका अवसरमा ‘राससको फोटो किताबः गणतन्त्रको १६ वर्ष’ पुस्तक प्रकाशन गरेको थियो । पुस्तक हस्तान्तरण कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, राससका वरिष्ठ कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतोको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ