2026-08-16 03:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

एनआरएन

एनआरएनए कार्यसमितिलाई परराष्ट्र मन्त्रालयको मान्यता

काठमाडौँ । नेपाल सरकारको परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्न विश्वभर रहेका नेपाली कूटनीतिक नियोगहरूलाई निर्देशन दिँदै पत्राचार गरेको छ।

यस निर्णयमार्फत परराष्ट्र मन्त्रालयले एकता महाधिवेशनमार्फत निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) लाई आधिकारिक मान्यता दिएको छ।

सर्वोच्च अदालतको परमादेशबाट गठन भएको शेष घले नेतृत्वको उच्चस्तरीय समितिको पहलमा गत वैशाख २०–२१ गते काठमाडौँमा सम्पन्न महाधिवेशनबाट श्रेष्ठ नेतृत्वको कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो।

महाधिवेशन रोक्न असफल भएपछि बद्री केसीले श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै उक्त कार्यसमितिलाई कार्यसञ्चालन गर्न खुला वातावरण दिएको छ।

यही पृष्ठभूमिमा आएको परराष्ट्र मन्त्रालयको निर्णयले अब श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई वैध मानेको स्पष्ट देखिन्छ। यसले गैरआवासीय नेपाली संघमा लामो समयदेखि चलिरहेको नेतृत्व विवाद समाधान हुने आशा गरिएको छ।

नवनिर्वाचित कार्यसमितिले औपचारिक रूपमा आफ्ना गतिविधिहरू सञ्चालन गरिसकेको छ। परराष्ट्र मन्त्रालयको पत्रपछि (एनआरएनए)का महासचिव बाबुराम लामाले विश्वभर रहेका राष्ट्रिय समन्वय परिषद्हरू (एनसीसी) लाई कुनै अन्योलमा नपर्न आग्रह गर्दै, सदस्यता वितरण तथा राष्ट्रिय अधिवेशनजस्ता कार्यक्रमहरू नवगठित (आईसीसी) सँग समन्वयमा सञ्चालन गर्न अनुरोध गरेका छन्।

अध्यक्ष श्रेष्ठका अनुसार, एनआरएन अभियानलाई नयाँ उचाइमा पुर्‍याउन सबैको संयुक्त प्रयास आवश्यक छ। उनले भने ,अब हामी एक भइ सरकारसँग मिलेर हाम्रा मुद्दाहरू उठाउने र समाधान कार्यमा लाग्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन: गृहमन्त्री गुरुङ