१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रविलाई ‘वेल’ दिनु भनेको पीडितको लागि जोखिमपूर्ण हो : वरिष्ठ अधिवक्ता त्रिपाठी

१० जेष्ठ २०८२, शुक्रबार १४:०७

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसहितका निवेदनमा जाहेरवालाका तर्फबाट शुक्रबार बहस गरेका छन्। रवितर्फका वकिल र सरकारी वकिलको बहस सकिएपछि जाहेरवालाका तर्फबाट त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा बहस गरेका हुन् ।

उनले रविलाई ‘वेल’ दिनु न्यायग्राहीका लागि जोखिमपूर्ण हुने भन्दै उनको बन्दीप्रत्यक्षीकरण रिट जारी हुन नहुने तर्क गरेका छन् ।

“आर्थिक अपराध हत्याभन्दा पनि जघन्य अपराध हो । यसले सिंगो समाजलाई प्रताडित बनाइरहेको हुन्छ,” बहसमा त्रिपाठीले भने, “यहाँ त सहकारीको सदस्य नै नभएको व्यक्तिले सहकारीबाट ऋण लिएको छ । भारतमा रोजगारी गरेर कमाएको बचत अपचलन गरिएको छ । सडकमा मकै पोलेर गुजारा गर्नेको बचत अपचलन भएको छ ।”

तल्लो वर्गका नागरिकलाई पीडित बनाएर ठगी भएको उनले बताएका छन् । जिल्लाबाटै भएको एक करोड धरौटीले अपराधको गम्भीरता संकेत गरेको उनको भनाइ छ ।

आर्थिक अपराधको गम्भीरतामा टेकेर उच्च अदालतले गरेको पुर्पक्षका लागि थुनामा हुने आदेश न्यायिक भएकाले बन्दीप्रत्यक्षीकरण रिट जारी गर्नु नपर्ने उनको जिकिर छ ।

त्रिपाठीले बहसमा भाग लिएका वकिलमाथि आक्रमण गर्नेहरूले उजुरीकर्ताहरूलाई समेत धम्क्याउने र प्रलोभनमा पार्ने काम गरेर फेसबुकमा स्टाटस लेखाइरहेको भन्दै उनले न्यायलयको ध्यानाकर्षण गरे ।

“यहाँ त बहस गरिरहेको वकिलमाथि आक्रमण हुन्छ । उजुरीकर्ताहरूमाथि के–के भयो होला ?,” त्रिपाठीले भने, “उजुरीकर्ताले नै मैले उजुरी त दिएको हो । तर, व्यक्ति विशेषलाई इंगीत गरेको छैन भनेर सामाजिक संजालमा लेखेको अवस्था छ ।”

उनले थुनामा रहँदा नै न्याय प्रभावित पार्ने कोसिस गर्ने व्यक्तिलाई थुनाबाहिर लाँदा निष्पक्ष न्यायको बाटो अवरुद्ध हुने उनको दाबी छ ।

“थुनामै रहँदा उजुरीकर्तालाई प्रभावित पार्छ, वकिललाई धम्की आउँछ,” त्रिपाठीले भने, “इकोनोमिक क्राइममा संलग्न यस्तो व्यक्तिलाई खुला छोडियो भने निष्पक्ष न्याय निरुपणमा सहयोग होला, त्यो वातावरण बन्ला श्रीमान् ?”

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल