2026-08-06 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रविलाई ‘वेल’ दिनु भनेको पीडितको लागि जोखिमपूर्ण हो : वरिष्ठ अधिवक्ता त्रिपाठी

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसहितका निवेदनमा जाहेरवालाका तर्फबाट शुक्रबार बहस गरेका छन्। रवितर्फका वकिल र सरकारी वकिलको बहस सकिएपछि जाहेरवालाका तर्फबाट त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा बहस गरेका हुन् ।

उनले रविलाई ‘वेल’ दिनु न्यायग्राहीका लागि जोखिमपूर्ण हुने भन्दै उनको बन्दीप्रत्यक्षीकरण रिट जारी हुन नहुने तर्क गरेका छन् ।

“आर्थिक अपराध हत्याभन्दा पनि जघन्य अपराध हो । यसले सिंगो समाजलाई प्रताडित बनाइरहेको हुन्छ,” बहसमा त्रिपाठीले भने, “यहाँ त सहकारीको सदस्य नै नभएको व्यक्तिले सहकारीबाट ऋण लिएको छ । भारतमा रोजगारी गरेर कमाएको बचत अपचलन गरिएको छ । सडकमा मकै पोलेर गुजारा गर्नेको बचत अपचलन भएको छ ।”

तल्लो वर्गका नागरिकलाई पीडित बनाएर ठगी भएको उनले बताएका छन् । जिल्लाबाटै भएको एक करोड धरौटीले अपराधको गम्भीरता संकेत गरेको उनको भनाइ छ ।

आर्थिक अपराधको गम्भीरतामा टेकेर उच्च अदालतले गरेको पुर्पक्षका लागि थुनामा हुने आदेश न्यायिक भएकाले बन्दीप्रत्यक्षीकरण रिट जारी गर्नु नपर्ने उनको जिकिर छ ।

त्रिपाठीले बहसमा भाग लिएका वकिलमाथि आक्रमण गर्नेहरूले उजुरीकर्ताहरूलाई समेत धम्क्याउने र प्रलोभनमा पार्ने काम गरेर फेसबुकमा स्टाटस लेखाइरहेको भन्दै उनले न्यायलयको ध्यानाकर्षण गरे ।

“यहाँ त बहस गरिरहेको वकिलमाथि आक्रमण हुन्छ । उजुरीकर्ताहरूमाथि के–के भयो होला ?,” त्रिपाठीले भने, “उजुरीकर्ताले नै मैले उजुरी त दिएको हो । तर, व्यक्ति विशेषलाई इंगीत गरेको छैन भनेर सामाजिक संजालमा लेखेको अवस्था छ ।”

उनले थुनामा रहँदा नै न्याय प्रभावित पार्ने कोसिस गर्ने व्यक्तिलाई थुनाबाहिर लाँदा निष्पक्ष न्यायको बाटो अवरुद्ध हुने उनको दाबी छ ।

“थुनामै रहँदा उजुरीकर्तालाई प्रभावित पार्छ, वकिललाई धम्की आउँछ,” त्रिपाठीले भने, “इकोनोमिक क्राइममा संलग्न यस्तो व्यक्तिलाई खुला छोडियो भने निष्पक्ष न्याय निरुपणमा सहयोग होला, त्यो वातावरण बन्ला श्रीमान् ?”

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा निश्चित शुल्क तिरेर जानु पर्नेछ : डिकबहादुर खत्री