३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विकास र समृद्धिका लागि दिगो सोचसहित समन्वय र सहकार्य हुन आवश्यक : सञ्चारमन्त्री गुरुङ

१२ जेष्ठ २०८२, आईतवार १५:१८

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र समृद्धिका लागि आवश्यक दिगो एवं स्पष्ट सोचसहित समन्वय र सहकार्यको अभाव रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवसका अवसरमा ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक शीर्षकमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा आयोजना गरको फोटो प्रदर्शनीको आज उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले जनताले महसुस गर्नेगरी कामकाज गर्न सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

अहिलेको झन्झटिलो नियम, कानुन र कार्यप्रणालीबाट विकास, समृद्धि र सुशासन सम्भाव नहुने धारणा व्यक्त गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले पुराना नियम–कानुनमा सुधार गरी समन्वयत्मक ढङ्गबाट छिटोछरितो ढङ्गबाट प्रभावकारी सेवा प्रवाह गर्ने पक्षमा सरकार क्रियाशील रहेको बताउनुभयो ।

कृषि, पर्यटनलगायतका अधिकांश क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा प्रत्यक्ष जोडिएको सूचना प्रविधिको क्षेत्रले उच्च प्राथमिकता पाउनुपर्नेमा नगन्य बजेट विनियोजन हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले आवश्यक बजेट व्यवस्थाका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

“पर्यटन हाम्रो मुलुकको समृद्धिको महत्त्वपूर्ण क्षेत्र हो तर, त्यसअनुसार राष्ट्रिय योजनाहरू बन्न सकेका छैनन्”, उहाँले भन्नुभयो, “हाम्रो मुलुकको आवश्यकता बुझेर योजनाहरू बनाउनुपर्छ ।”

मन्त्री गुरुङका अनुसार पर्यटन क्षेत्र मुलुकको समृद्धिको मूल आधार रहेको र पर्यटकलाई सहज बनाउन टेलिफोन, इन्टरनेट र एआइजस्ता सूचना प्रविधिसँग सम्बन्धित क्षेत्रमा आवश्यक बजेटसहित ध्यान दिन आवश्यक छ ।

पूर्वपर्यटनमन्त्रीसमेत हुनुभएका सञ्चारमन्त्री गुरुङले समन्वयतामत्क ढङ्गबाट आधुनिक सूचना प्रविधिको सदुपयोग गरी पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा दुवै मन्त्रालयबीच सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालमा पर्यटकको मूल आकर्षण भनेको हिमाल र गौतमबुद्ध जन्मस्थल लुम्बिनी रहेको बताउँदै मन्त्री गुरुङले यी दुई सम्पदाको संरक्षण र प्रवर्द्धनमा सरकारले प्राथमिकता दिनुपर्ने मन्त्री गुरुङले प्रष्ट पार्नुभयो ।

साथै उहाँले कुरा र भाषणले मात्र समृद्धि नआउने भएकाले अब कम बोल्ने धेरै काम गर्ने संस्कृतिको थालनी गर्नुपर्ने बताउनुभयो । “हामीले कम बोल्ने र धेरै काम गर्ने संस्कृति थालनी गर्नुपर्छ”, उहाँले भन्नुभयो । थोरै लगानीमा धेरै उपलब्धि हासिल गर्न सकिने क्षेत्र पर्यटन हो । मन्त्री गुरुङले पर्यटन देशको समृद्धिका लागि महत्त्वपूर्ण क्षेत्र रहेको बताउँदै इमानदार भएर यसको प्रवर्द्धनमा काम गर्नसमेत आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय समाचार समितिले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको फोटो प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली