भदौ ८, सिन्धुली । विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रामटारमा आज मोटरसाइकल र बोलेरो जिप जुध्दा एक जनाको मृत्यु भएको छ । 

पिकअप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ८, सिन्धुली । विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रामटारमा आज मोटरसाइकल र बोलेरो जिप जुध्दा एक जनाको मृत्यु भएको छ । 

पिकअप"/>

2026-10-26 06:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिन्धुलीमा गाडीको ठक्करले एकको मृत्यु, बिपी राजमार्ग अवरुद्ध


भदौ ८, सिन्धुली । विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रामटारमा आज मोटरसाइकल र बोलेरो जिप जुध्दा एक जनाको मृत्यु भएको छ । 

पिकअप सिङ्गल क्याप बोलेरो र मोटरसाइकल एकआपसमा ठोक्किँदा सुनकोशी गाउँपालिका–५ निवासी अन्दाजी ३८ वर्षीय मोटरसाइकल चालक रामकृष्ण श्रेष्ठ गम्भीर घाइते भएपछि उपचारका लागि खुर्कोटस्थित भरोसा अस्पतालमा उपचारका गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार काठमाडौँबाट सिन्धुलीमाडीतर्फ आउँदै गरेको वा१४च २४९३ नंको बोलेरोले श्रेष्ठ सवार वा३५प ९३२२ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । बलेरो चालकलाई खुर्कोट इलाका प्रहरी कार्यालयका प्रहरीले नियन्त्रणमा लिएको छ । 

सोहीघटनालाई लिएर स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्गमा साना सवारीसाधनले पटक पटक पैदलयात्री तथा मोटरसाइकललाई ठक्कर दिने क्रम बढेको उनीहरुले बताएका छन् । 

स्थानीयवासीले मृतकको शवलाई राजमार्गमा राखेर सवारी चालकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध पारेको यात्रु रामबहादुर विश्वकर्माले जानकारी दिनुभयो । अवरुद्ध राजमार्ग सञ्चालन गर्न प्रहरी तथा प्रशासनले उचित पहल नगरेको यात्रुहरुले बताएका छन् । 

राजमार्ग अबरुद्ध भएपछि सिन्धुली हुँदै काठमाडौँ र पूर्वी पहाडी जिल्ला तथा तराईका जिल्लाका लागि छुटेका सवारीसाधन बीचमा नै रोकिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने