2026-10-07 05:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सकारात्मक र सक्षम युवा समाज रूपान्तरणका नायक बन्न सक्छन् : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सकारात्मक र सक्षम युवा नै समाज रूपान्तरणका नायक बन्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय युवा परिषद्ले आज ललितपुरमा आयोजना गरेको नमूना संयुक्त राष्ट्रसङ्घीय अभ्यास २०२५ को उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सिर्जना र साहसको स्रोत मानिने युवा वर्ग राज्यको आवश्यकता पहिचान गरी योगदान पुर्‍याउन तत्पर रहने विश्वास व्यक्त गर्नुभएको हो ।

“वर्तमान अवस्थामा हिमालको काखमा अवस्थित हाम्रो सुन्दर भूमि आन्तरिक र बाह्य बसाइँसराइको अस्वभाविक प्रवृत्तिले रित्तिँदो अवस्थामा रहेको छ, इतिहासमा आज सबैभन्दा धेरै नेपाली भूमिले युवाको साथ खोजिरहेको छ, सुन्दर र शान्त यो भूमिले खोजेको साथलाई यहाँहरूले पक्कै छाडेर हिँड्नु हुने छैन भन्ने विश्वास रहेको छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

उहाँले युवाको सर्वाङ्गीण विकासको लागि अनुकूल वातावरण निर्माण गरी नीति निर्माणदेखि कार्यान्वयन तहसम्म संलग्न गराउने उद्देश्यले विसं २०७२ मा राष्ट्रिय युवा परिषद्को स्थापना भएको स्मरण गर्दै नेपाल सरकारको तर्फबाट गर्नुपर्ने र गर्न सकिने कामहरूका लागि हामी तपाई युवाहरूबाट अपेक्षा र सुझाव चाहन्छौँ भन्नुभयो ।

उपप्रधानमन्त्री सिंहले विश्वमा बढ्दै गएका पर्यावरणीय तथा वातावरणीय समस्या, राजनीतिक ध्रुवीकरण, अन्तरराष्ट्रिय सम्बन्ध, आणविक हातहतियारको प्रयोगलगायतका सवालमा युवा वर्गलाई सचेत गराउनुका साथै समस्या समाधानका लागि युवाबीच छलफल, अन्तर्क्रिया र सामूहिक उत्तरदायित्वको साझा धारणा निर्माण हुने बताउनुभयो । पछिल्लो जनगणनाअनुसार नेपालमा हाल १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या ४२ दशमलव ५६ प्रतिशत रहेको स्मरण गर्दै उहाँले यो हाम्रो लागि जनसाङ्ख्यिक लाभको समय पनि हो भन्नुभयो ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मुलुकको सर्वाङ्गिण विकासका युवाहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै नीतिनिर्माणमा युवाहरूको अर्थपूर्ण सहभागिताका लागि युवा परिषद्ले विभिन्न किसिमका रचनात्मक कार्यक्रम गर्दै आएको जानकारी गराउनुभयो । उहाँले यो अभ्यासबाट राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा नेतृत्वदायी भूमिकामा अव्वल हुने विश्वास व्यक्त गर्दै हरेक क्षेत्रमा युवा वर्गको सहभागितालाई महत्त्व दिएका छौँ भन्नुभयो ।

मन्त्री चौधरीले जोश र होसका साथ कानुन र दायित्वप्रति प्रतिबद्ध रहेर अगाडि बढ्न यो कार्यक्रमले महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा राख्नुभया े।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का नेपाल प्रतिनिधि क्योको योकोसुकाले यस नमूना संयुक्त राष्ट्रसङ्घीय अभ्यास विश्व परिवेशको विविधता, समावेशीता, कुटनैतिक पक्ष र लोकतान्त्रिक पद्धतिलाई परिस्कृत बनाउन सहयोग पुर्‍याउने विस्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुको नेतृत्व विकास गर्दै अन्तरराष्ट्रिय मञ्चहरुमा युवाहरूलाई दक्ष र सक्षम बनाउन, विश्वव्यापी मुद्दा, सांस्कृतिक समझदारी, दिगो विकास लक्ष्यलगायतका विषयवस्तुमा बहस गर्न यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले देशैभरबाट सहभागी भएका युवाहरूको नमूना संयुक्त राष्ट्रसङ्घीय अभ्यास चार दिनसम्म सञ्चालन हुने जानकारी गराउनुभयो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना