2026-10-07 05:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्रीको राजीनामा माग्ने तर बजेट पेस गर्न भने नरोक्ने प्रतिपक्षी दलहरूको निर्णय

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेख लेखकको राजीनामा माग्दै संसद् बैठक अवरोध गर्दै आइरहेका प्रतिपक्षी दलहरूले बिहीबार बजेट पेस गर्दा भने अवरोध नगर्ने भएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा संसद् भवनमा बसेको विपक्षी दलको बैठकले गृहमन्त्री लेखकको राजीनामा माग्ने तर बजेट पेस गर्न भने नरोक्ने निर्णय गरेको हो।

‘बजेट आउने दिन संविधानमा किटान गरेको कुरा छ। यसलाई हामीले मान्नैपर्छ अटेर हुने कुरा भएन,’ बैठकमा भएको निष्कर्ष सुनाउँदै माओवादी सांसद लेखनाथ दाहालले भने, ‘बजेट पेस हुने बैठकमा चाहिँ लचिलो हुने भन्नेछ।’

उक्त बैठकले गृहमन्त्रीको राजीनामा नै विपक्षीको बटम लाइन भएको निर्णय गरेको पनि उनले सुनाए।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा विपक्षी छन्। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले भने गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताउँदै आएका छन्। कांग्रेस पदाधिकारी बैठकले त उनले राजीनामा नदिने निर्णय नै गरिसकेको छ।
आजको बैठकमा लेखकले जवाफ दिने तयारी गरेका थिए। तर विपक्षीले अवरोध गरेपछि ११ बजे भनिएको बैठक १ बजे सुरु भए पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना