2026-10-07 05:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाका सांसदहरूको सुरक्षामा खटिएका प्रहरी फिर्ता, सरकारको निर्णयप्रति असन्तुष्टि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहित तीन जना सांसदहरूको सुरक्षार्थ खटिएका प्रहरी (पीएसओ)लाई सरकारले फिर्ता बोलाएको छ। बुधबार राप्रपाबाट संसद तथा संसदीय समितिमा जिम्मेवारी पाएका सांसदहरूको सुरक्षामा खटिएका पीएसओहरू फिर्ता गरिएको हो।

सरकारको यस निर्णयअनुसार प्रमुख सचेतक शाही, पूर्वाधार विकास समिति सभापति दीपक सिंह र पूर्व प्रहरी महानिरीक्षकसमेत रहेका सांसद ध्रुवबहादुर प्रधानको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता गरिएको राप्रपाले जनाएको छ। प्रधानलाई पूर्व आईजिपी भएको आधारमा पीएसओ उपलब्ध गराइएको थियो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, उक्त सुरक्षाकर्मीहरूलाई नियमित ब्रिफिङका लागि बोलाइएको हो। “फिर्ता गरिएको भन्ने जानकारी छैन, उनीहरूलाई नियमित प्रक्रिया अनुसार बोलाइएको हुन सक्छ,” थापाले स्पष्ट पारे।

यता, पीएसओ फिर्ता गरिएको विषयमा प्रतिक्रिया दिँदै प्रमुख सचेतक शाहीले व्यक्तिगत रूपमा आपत्ति नभए पनि निर्णय विभेदपूर्ण रहेको टिप्पणी गरेका छन्। हामी जनताका बीचमा सुरक्षित छौं, तर एउटै हैसियतमा रहेका अन्य सांसदहरूको पीएसओ यथावत राखी, राप्रपाका सांसदहरूको मात्र हटाइनु स्वीकार्य छैन भन्दै असन्तुष्टि जानेका छन्।

राप्रपाले सरकारको यो निर्णयको औपचारिक समीक्षा गरी आवश्यक प्रतिक्रिया सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना