२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से दोहोरो अंकले वृद्धि भएसँगै,कारोबार रकम पनि बढ्यो

१५ जेष्ठ २०८२, बुधबार १५:४५

काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से १७.४४ अंक बढेको छ ।

सो वृद्धिपछि नेप्से २६९३ अंकमा कायम भएको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५८ करोडको भयो । १४८ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने २ को स्थिर रह्यो ।

आज २ : १० बजेपछि बजारले वृद्धिको लय समातेको हो । बजार वृद्धिमा बैंकिङ सेक्टरको सबैभन्दा ठूलो योगदान रह्यो । समग्र नेप्से ०.६१ प्रतिशत बढ्दा बैंकिङ सेक्टर सबैभन्दा धेरै १.८८ प्रतिशत बढ्यो ।

बैंकिङका अलवा विकास बैंक १.२९, फाइनान्स ०.१८, होटल तथा पर्यटन ०.८१, हाइड्रोपावर ०.८९, लगानी ०.०३, उत्पादन तथा प्रशोधन ०.६५ प्रतिशत बढे । जीवन बीमा ०.२४, माइक्रोफाइनान्स ०.२६, निर्जीवन बीमा ०.२६ तथा अन्य समूह ०.०६ प्रतिशत घटे ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकको ९.८५, भूगोल इनर्जीको ९.१५, अरुण काबेली पावरको ५.८९ प्रतिशत मूल्य बढ्यो ।

मूल्य धेरै घट्नेमा बाराही हाइड्रोपावर छ । सो कम्पनीको ५.२६ प्रतिशत मूल्य घट्यो । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५.१०, नेपाल माइक्रो इन्स्योरेन्सको ४.०८ तथा दिव्यश्वरी हाइड्रोपावरको ३.९१ प्रतिशत घट्यो । रकमका आधारमा धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, राधि विद्युत्, युनिभर्सल पावर, बुटवल पावर र कुमारी बैंक छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा