२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले विपद् व्यवस्थापनमा पार्टीपङ्क्तिलाई सक्रिय गराउने

२०८२, १५ जेष्ठ बुधबार १६:४४

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, उद्धार तथा राहत वितरण कार्यमा पार्टी पङ्क्तिलाई परिचालित गर्ने भएको छ ।

विभाग प्रमुख खिमलाल भट्टराईले सरदरभन्दा यस वर्ष बढी वर्षा हुने अनुमान गरिएको सन्दर्भलाई दृष्टिगत गरी आवश्यक कार्ययोजनासहित सम्भावित विपद् व्यवस्थापनमा पार्टी पङ्क्तिलाई परिचालन गर्न लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै जिल्ला कमिटी मातहत विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग गठन गर्ने, पूर्वतयारी र सचेतनाका कार्यलाई प्राथमिकता दिने, केन्द्रमा विपद्सँग सम्बन्धित केन्द्रीय संरचना र जिल्लामा जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा अङ्गसँग समन्वय र सहकार्य गरी बाढी–पहिरो र डुबान जोखिम न्यूनीकरणका पक्षमा पहलकदमी गर्ने, रेडक्रससहित उद्धार तथा राहतका क्षेत्रमा काम गर्ने सङ्घ–संस्थाको पहिचान गर्ने र आवश्यकताअनुसार सहयोगको वातावरण निर्माण गर्ने पक्षमा विभाग क्रियाशील रहेको छ ।

त्यस्तै प्रदेश सरकार र स्थानीय पालिकाहरूले यस सम्बन्धमा बजेट व्यवस्थापन र अन्य के कस्तो तयारी गरिरहेका छन्, बुझ्ने र तयारीको निम्ति अभिप्रेरित गर्ने, सम्भावित जोखिमयुक्त बस्तीहरूको पहिचान गर्ने र जोखिममुक्त गराउन हरसम्भव प्रयत्न गर्ने, बाढी–पहिरो र डुबानको अवस्थामा उद्धार, राहत र पुनर्निर्माणमा तत्परता देखाउनेलगायतका समन्वयकारी भूमिकासहित व्यवस्थापकीय कामलाई पार्टीले प्राथमिकता दिएको नेता भट्टराईले जानकारी दिनुभयो ।

कार्ययोजनामा जिल्लामा स्थानीय विपद्सम्बद्ध निकायहरूमा रहेका उद्धार सामग्री र उपकरणको बन्दोबस्तीलाई तयारी अवस्थामा राख्न सचेत गर्ने, मोबाइल, टेलिफोनसँग सम्बन्धित सूचना प्रणालीलाई चुस्तदुरुस्त राख्ने, मातहत कमिटीहरू र जनसङ्गठनलाई विपद् जोखिम न्यूनीकरण सम्बन्धमा आवश्यक स्वयंसेवक तयार गर्ने र पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ता जनताको सम्पर्कमा रहने तथा मौसमसम्बन्धी पूर्वजानकारी लिइ समयमै पार्टीपङ्क्ति एवं जनतालाई समेत सचेत गराउन पहल गर्ने कुरा पनि कार्ययोजनामा उल्लेख छ ।

विपद् व्यवस्थापन विज्ञ डा वसन्तराज अधिकारीले विपद्द्वारा सिर्जित जोखिम व्यवस्थापनबारे अवधारणा पत्र प्रस्तुत गर्दै विगतको तुलनामा यस वर्ष वर्षासँगै तापक्रम वृद्धि हुने देखिएकाले सम्भावित जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकार, समग्र पार्टी संयन्त्र, नागरिक समाज र आमजनता सचेत र सजग हुनुपर्ने खाँचो औँल्याउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ