३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सामाजिक सञ्जालमा गरेको पोस्ट रोक्ने विदेशी अधिकारीलाई भिसा नदिन सक्ने रूबियोको चेतावनी

१५ जेष्ठ २०८२, बुधबार २२:३१

(रासस/एएफपी) वासिङ्टन:अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी नागरिकले सामाजिक सञ्जालमा गरेको पोस्ट रोक्ने विदेशी अधिकारीलाई अमेरिकाले भिसा नदिन सक्ने बताउनुभएकोे छ ।

इजरायलको आलोचना गर्ने अधिकारकर्मीहरूबाट अमेरिकी भिसा हटाएको भन्दै आलोचनाको सिकार बनेका रुबियोले अमेरिकी प्रविधि कम्पनीहरूविरुद्ध विदेशमा ‘स्पष्ट सेन्सरसिप कार्य’ विरुद्ध सरकारले काम गरिरहेको बताउनुभएको हो ।

उहाँले नयाँ नीतिअनुसार भिसा गुमाउने कुनै पनि अधिकारीको नाम सार्वजनिक गर्नुभएको छैन तर गत हप्ता उहाँले सांसदहरूलाई ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसविरुद्ध कारबाही गर्ने योजना बनाइरहेको बताउनुभएको थियो ।

राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले मित्र राष्ट्रहरू जर्मनी र बेलायतलाई पनि कडा आलोचना गरेको छ।

रुबियोले भन्नुभयो, “संयुक्त राज्य अमेरिकाले देशमा संरक्षित ‘अभिव्यक्तिको सेन्सरशिप’को लागि जिम्मेवार विदेशी नागरिकहरूलाई भिसा प्रतिबन्धित गर्न सुरु गर्नेछ।”

रुबियोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी भूमिमा भौतिक रुपमा उपस्थित हुँदा अमेरिकी प्लेटफर्म वा सामाजिक सञ्जालमा पोस्ट गर्ने अमेरिकी नागरिक वा अमेरिकी बासिन्दालाई पक्राउ पुर्जी जारी गर्ने वा चेतावनी दिने अधिकार विदेशी अधिकारीहरूलाई छैन ।”

उहाँले भन्नुभयो, “विदेशी अधिकारीहरूले अमेरिकी प्रविधि केन्द्रहरूले विश्वव्यापी सामग्री नियन्त्रण नीतिहरू अपनाउन वा सेन्सरशिप गतिविधिमा संलग्न हुन माग गर्नु पनि अस्वीकार्य छ जुन उनीहरूको अधिकार भन्दा बाहिर छ । यो संयुक्त राज्य अमेरिकाको जिम्मेवारी हो ।”

“हामी हाम्रो अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकारको अभ्यासलाई कमजोर पार्ने अमेरिकी सार्वभौमिकतामाथिको अतिक्रमणलाई सहन गर्नेछैनौं,” उहाँले भन्नुभयो ।

रुबियोले गाजामा इजरायलको आक्रमणको विरोधमा प्रदर्शन गरिरहेका हजारौँ मानिसहरुको अमेरिकी भिसा रद्द गरेको बताउनुभएको छ ।

टफ्ट्स युनिभर्सिटीमा विद्यावारिधि गरिरहेकी छात्रा रुमेसा ओज्तुर्कले गाजामा विद्यालयको स्थितिको आलोचना गर्दै एक पत्रिकामा विचार व्यक्त गर्दै लेखेको लेखप्रति सङ्केत गर्दै भिसा रद्द गर्ने अधिकार सरकारमा रहेको बताउनुभएको हो ।

नकाबपोशधारी अधिकारीले उहाँलाई म्यासाचुसेट्सको सडकमा पक्राउ गरेका थिए । हालै एक न्यायाधीशले उनलाई रिहा गर्न आदेश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली