३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

१७ जेष्ठ २०८२, शुक्रबार १५:१०

भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा रातिको समयमा समेत काम गर्न थालिएको छ । लक्ष्यअनुसार प्रगति हुन नसकेपछि यहाँ दुई ‘सिफ्ट’मा काम गर्न थालिएको हो ।

करिब दुई महिनायता काम सुस्त भएपछि गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित महानगरका जनप्रतिनिधि एवं कर्मचारी र निर्माण कम्पनीबीच कामलाई तीव्रता दिने सहमति भएको थियो । यससँगै मजदुर थप गरेर रातिको समयमा काम थालिएको हिमालयन कालिञ्चोक बिबिआर जेभीका सञ्चालक विकास गौतमले जानकारी दिनुभयो । हाल बिहान ७ देखि राति १० बजेसम्म १४० भन्दा बढी मजदुरले काम गरिरहेका र यो सङ्ख्या २०० भन्दा बढी पुग्ने उहाँले बताउनुभयो ।

“असारसम्म ४० प्रतिशत काम गर्नेगरी जनशक्ति परिचालन गर्न थालिएको छ । हाल भौतिक प्रगति २० प्रतिशत हाराहारी रहेको छ । प्याराफिटहरूमा सेन्टिङका काम भइरहेकाले छिट्टै प्रगति देखिने छ । यसअघि आवश्यक रड र सिमेन्ट समयमा पाउन नसक्दा समस्या भएको थियो”, सञ्चालक गौतमले भन्नुभयो ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीसहित निर्माण हेर्ने कर्मचारी लिएर रङ्गशाला पुग्नुभएकी महानगर प्रमुख दाहालले निर्माण कम्पनीलाई कुनै समस्या भए सहजीकरण गर्न महानगर तयार रहेको भन्दै ढिलासुस्ती नगर्न आग्रह गर्नुभएको थियो । उहाँले चालु आर्थिक वर्षका लागि प्राप्त बजेट नै ‘फ्रिज’ हुनसक्नेतर्फ सचेत रहन आग्रह गर्नुभएको थियो । सङ्घीय सरकारले रु २५ करोड र बागमती प्रदेश सरकारले रु १० करोड रङ्गशाला निर्माणका लागि बजेट निकासा गरिसकेको छ । बजेट सुनिश्चित र निकासाका लागि निकै मेहनत गर्नुपरेको भन्दै दाहालले लक्ष्यअनुसार काम गर्न आग्रह गर्नुभएको थियो ।

महानगरले गौरवको आयोजनाका रूपमा प्राथमिकतामा राखेर रङ्गशाला निर्माण गरिरहेको छ । रङ्गशालाको प्यारापिट र भिआइपी टावर निर्माणको काम भइरहेको छ । रङ्गशालामा दुईवटा भिआइपी टावरको पहिलो तला ढलान गर्ने तयारी गरिएको छ । पश्चिमतर्फको प्यारापिटको सेन्टिङको काम भइरहेको छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले रङ्गशाला निर्माण गर्न नसकेपछि महानगरलाई स्वामित्व हस्तान्तरण गरेको थियो । महानगरले स्वामित्व लिएर सङ्घीय, प्रदेश तथा महानगर आफैँले समेत लगानी गर्ने गरी विसं २०८१ साउनबाट रङ्गशालाको काम सुरु गरिएको हो । रु ७८ करोडमा ठेक्का लगाइएको हो ।

महानगरका इन्जिनियर सन्तोष आचार्यका अनुसार क्रिकेट मैदानसहित पाँचवटा पिच, ढलसहित मैदान निर्माण, दुईवटा तीन÷तीन तलाको भिआइपी टावर बनाइनेछ । एउटामा भिआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् । १० हजार अट्ने प्यारापिट बन्नेछ । ३० महिनाभित्र निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली