३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा सार्वजनिक यातायात व्यवसायीहरूको धर्ना, सात बुँदे मागसहित विरोध प्रदर्शन

१९ जेष्ठ २०८२, आईतवार १४:२८

काठमाडौँ | सार्वजनिक यातायात व्यवसायीहरूले सात बुँदे माग अघि सार्दै चरणबद्ध आन्दोलन सुरु गरेका छन्। आन्दोलनको क्रमलाई अघि बढाउँदै आइतबार उनीहरूले माइतीघर मण्डलामा विरोध र्‍याली तथा धर्ना प्रदर्शन गरेका हुन्।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको अगुवाइमा आयोजित प्रदर्शनमा सहभागी व्यवसायीहरूले गाडीमा कालो झण्डा राखेका थिए भने निधारमा कालोपट्टी बाँधेर आफ्नो असन्तुष्टि सार्वजनिक गरेका थिए।

व्यवसायीहरूको प्रमुख मागहरूमा बागमती प्रदेश सरकारले ल्याएको सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्नुपर्ने, राइड सेयरिङ एप्स बन्द गर्नुपर्ने, जस्ता विषयहरू समावेश छन्।

यसअघि आन्दोलनको पहिलो चरणमा व्यवसायीहरूले रिङरोड सडकखण्डमा सार्वजनिक सवारीसाधन सडकमै तेर्साएर विरोध जनाएका थिए। साथै, उनीहरूले देशका ६ वटै प्रदेशबाट कालो झण्डा देखाउँदै विरोध र्‍याली निकालेका थिए।

संघर्ष समितिले चेतावनी दिँदै भनेको छ कि यदि आगामी जेठ १९ गतेसम्म मागहरू पूरा नभएमा देशभर सार्वजनिक यातायात सेवा अनिश्चितकालका लागि बन्द गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली