२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कमल थापा पक्राउपछि लिङ्देनको चेतावनी: “खास लडाइँ भोलिबाट सुरु हुन्छ”

१९ जेष्ठ २०८२, आईतवार १५:३५

काठमाडौँ | राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ससम्मान रिहा गर्न माग गरेका छन्। उनले यदि थापालाई तत्काल रिहा नगरेमा काठमाडौं बन्द गर्ने चेतावनी दिएका छन्।

आइतबार राजधानीको नारायण चौरमा राजसंस्था समर्थक समूहद्वारा आयोजना गरिएको प्रदर्शनका क्रममा प्रहरीले कमल थापालाई नियन्त्रणमा लिएको थियो।

प्रदर्शनपछि उपस्थित समर्थकहरूलाई सम्बोधन गर्दै लिङ्देनले भने, “अब हामी देशभरिकै साथीभाइहरूलाई काठमाडौं बोलाउँछौं। खास लडाइँ भोलिबाट सुरु हुन्छ।”

उनले आन्दोलनको रणनीति बदलिने संकेत दिँदै भने, “अब हामी एक ठाउँमा मात्रै भेला हुँदैनौं, ५० ठाउँबाट निस्किन्छौं। कहाँ रोक्नुहुन्छ तपाईं?”

कमल थापालाई तत्काल रिहा नगरे कडा आन्दोलनको चेतावनी दिँदै लिङ्देनले भने, “उहाँलाई ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट उपत्यका बन्द सुरु हुन्छ।”

उनले आन्दोलनरत पक्षको बाध्यतालाई कमजोरी नठान्न सरकारलाई सचेत गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान