2026-10-07 02:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कमल थापा पक्राउपछि लिङ्देनको चेतावनी: “खास लडाइँ भोलिबाट सुरु हुन्छ”

काठमाडौँ | राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ससम्मान रिहा गर्न माग गरेका छन्। उनले यदि थापालाई तत्काल रिहा नगरेमा काठमाडौं बन्द गर्ने चेतावनी दिएका छन्।

आइतबार राजधानीको नारायण चौरमा राजसंस्था समर्थक समूहद्वारा आयोजना गरिएको प्रदर्शनका क्रममा प्रहरीले कमल थापालाई नियन्त्रणमा लिएको थियो।

प्रदर्शनपछि उपस्थित समर्थकहरूलाई सम्बोधन गर्दै लिङ्देनले भने, “अब हामी देशभरिकै साथीभाइहरूलाई काठमाडौं बोलाउँछौं। खास लडाइँ भोलिबाट सुरु हुन्छ।”

उनले आन्दोलनको रणनीति बदलिने संकेत दिँदै भने, “अब हामी एक ठाउँमा मात्रै भेला हुँदैनौं, ५० ठाउँबाट निस्किन्छौं। कहाँ रोक्नुहुन्छ तपाईं?”

कमल थापालाई तत्काल रिहा नगरे कडा आन्दोलनको चेतावनी दिँदै लिङ्देनले भने, “उहाँलाई ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट उपत्यका बन्द सुरु हुन्छ।”

उनले आन्दोलनरत पक्षको बाध्यतालाई कमजोरी नठान्न सरकारलाई सचेत गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै