काठमाडौँ | यातायात व्यवसायीको बन्दका कारण पोखरामा अलपत्र परेका यात्रुहरूलाई प्रहरीले स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाएको छ।
गाडी नचलेपछि पोखरामा रोकिएका यात्रुहरूलाई सोमबार बिहान प्रहरीको स्कर्टिङमा १७ वटा बसमार्फत गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतलेजनाएका छन्।
डीएसपी बस्नेतको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालित भई बिहान सवा १० बजे स्कर्टिङ कार्य सम्पन्न गरिएको हो। सशस्त्र प्रहरी निरीक्षक रमेश कँडेलको नेतृत्वमा सशस्त्र प्रहरी बल नेपाल, नम्बर २४ गण कालिकाबाट टोली खटिएको थियो।
जम्मा ५६४ जना यात्रुलाई गन्तव्यमा पठाइएको, काठमाडौँका लागि १४ वटा तथा नारायणगढ (चितवन) का लागि ३ वटा गरी कुल १७ वटा बस प्रयोग गरिएको जनाइएको छ।