2026-08-06 12:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाद्य स्वच्छता दिवस मनाइँदै

काठमाडौँ | ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ नाराका साथ १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदै छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज यहाँ पत्रकार सम्मेलन गरी विश्वमा खाद्य स्वच्छता दिवस मनाउनुअघिदेखि नेपालमा यससम्बन्धी कार्यक्रम गरिँदै आएको जनाएको छ । विसं २०६५ देखि विभागले दिवस मनाउन सुरु गरेको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिनुभयो ।

सन् २०१८ को संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष ७ जुनका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो । विभागले यही जेठ १८ गते आइतबारदेखि २४ गते शनिबारसम्म सप्ताहव्यापी रूपमा विविध कार्यक्रम गरी दिवस मनाउने विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार हरेक वर्ष विश्वमा अस्वच्छ एवं दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्मका २०० बढी रोग लाग्ने गरेको छ । प्रत्येक दश जनामध्ये एक जना मानिस विषाक्त खाद्य पदार्थको उपभोगका कारण बिरामी हुने गरेका छन् । चार लाख २० हजार मानिस खाद्य जनित रोगबाट मृत्यु हुने गरेका छन् । झाडापखालाबाट करिब ५५ करोड बिरामी हुने र दुई लाख ३० हजार मानिसको मृत्यु हुने गर्दछ ।

विश्व स्वास्थ्य सङ्गठनको अध्ययनअनुसार तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपन्छीजन्य खाद्य पदार्थमा एण्टिबायोटिकको अवशेष, खाद्यान्नमा ढुसीजन्य विषको समस्या छ । संविधानले हरेक नेपालीका लागि खाद्य सम्बन्धी हकको सुनिश्चितता गरेको छ । संविधानबमोजिम सङ्घीय संसद्ले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ जारी गरेको छ । मानव स्वास्थ्यको रक्षा तथा उपभोक्ता हित संरक्षणका लागि खाद्य श्रृङ्खलाका सबै चरणमा वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र प्रभावकारी नियमनको व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा निश्चित शुल्क तिरेर जानु पर्नेछ : डिकबहादुर खत्री धार्मिक तनाव र विवादको समाधानका लागि हिन्दु राष्ट्र पुन:स्थापना आवश्यक: राजेन्द्र लिङ्देन मुलुकलाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक तरकारी बोकेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु सुनचाँदीको मूल्यमा भारी वृद्धि यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो