2026-09-15 06:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

खोला बगरबाट ११ सय केजीभन्दा बढी गाँजा बरामद

काठमाडौँ । सुनसरी प्रहरीले हरिनगरा गाउँपालिकाको कटान खोला बगरबाट १ हजार १ सय २० किलोग्राम गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार हरिनगरा गाउँपालिकाको वडा नं. ५ र ६ को सिमानामा पर्ने कटान खोलाको बगर क्षेत्रमा गाँजा लुकाएर राखिएको अवस्थामा फेला पारिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार, ती गाँजा तयारी अवस्थामा विभिन्न रङका ३८ वटा प्लास्टिकको बोरा भित्र प्याक गरिएको थियो।

प्रहरीलाई प्राप्त सूचनाको आधारमा मङ्गलबार साँझ घुस्कीस्थित प्रहरी चौकीको समन्वयमा देवानगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल विष्ट, प्रहरी नायब निरीक्षक सुरेश यादव, सुरक्षा बेस क्याम्प बसन्तपुरका प्रनानी विष्णुबहादुर दनुवार, जिल्ला प्रहरी कार्यालयका प्रनानी महेश ढकाल, शसस्त्र प्रहरी बल घुस्कीका सहायक प्रहरी निरीक्षक नरेन्द्र घिमिरे तथा बसन्तपुर बीओपीका सहायक प्रहरी निरीक्षक इन्द्रजंग थापाको टोलीले संयुक्त रूपमा बगरमा उत्खनन कार्य गरी उक्त गाँजा बरामद गरेको हो।

बरामद गरिएको गाँजा हाल जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपालबाट भारतीय बजारतर्फ हुने तस्करीको शृङ्खलामा यो गाँजा राखिएको हुन सक्ने आशंका गरिएको छ। तस्करहरूले सुनसरीको बराहक्षेत्र र विष्णुपादुका क्षेत्र हुँदै ल्याएको गाँजा भारतीय पक्षबाट लिन ढिलाइ भएपछि खोलाको बगरमा लुकाएर राखिएको हुन सक्ने अनुमान गरिएको छ।

धनकुटाको शहीदभूमि गाउँपालिका क्षेत्रलाई हालसम्म सबैभन्दा बढी गाँजा उत्पादन हुने क्षेत्रका रूपमा चिनिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु