२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

तारकेश्वर नगरपालिकास्थित गुम्बा क्षेत्रका खाजाघरहरूमा अवैध क्रियाकलाप, वडाध्यक्षको चेतावनी

२२ जेष्ठ २०८२, बुधबार १२:३३

काठमाडौं । काठमाडौं महानगरको छिमेकी तारकेश्वर नगरपालिका वडा नं. ११ मा सञ्चालनमा रहेका केही खाजाघरहरू अनैतिक तथा अवैध गतिविधिका केन्द्र बन्दै गएका छन्।

तारकेश्वर नगरपालिका–११ स्थित गुम्बा जाने पुलदेखि आनन्द टोलको पुलसम्मको क्षेत्रमा अवस्थित विभिन्न खाजाघरहरूमा असामाजिक क्रियाकलाप भइरहेको भन्ने उजुरीपछि वडाध्यक्ष कविराज बस्नेतले सार्वजनिक विज्ञप्तिमार्फत जनसमुदायलाई सचेत गराएका छन्।

उनले जारी गरेको विज्ञप्तिमा कित्ता नं ३९, ७२, ७१, ७०, १०५, १०७, ६८, ७३ र ११० मा निर्माण गरिएका खाजाघरहरूमा लागुऔषधको दुर्व्यसन, युवायुवतीबीचको अनुशासनहीन तथा यौनजन्य क्रियाकलाप, मदिरा सेवन, झैझगडा तथा हतियारको प्रयोग जस्ता गतिविधिहरू हुने गरेको उल्लेख गरिएको छ।

यस प्रकारका गतिविधिका कारण स्थानीय बासिन्दाहरूले असुरक्षा महसुस गरिरहेको र वडामा पटक–पटक उजुरी परेको जनाइएको छ।

वडाध्यक्ष बस्नेतले एक साताभित्र ती घर तथा जग्गाधनी लगायत सञ्चालकहरूलाई वडा कार्यालयमा उपस्थित भई स्पष्टिकरण दिन आग्रह गरेका छन्। निर्धारित समयसीमाभित्र उपस्थित नभएमा सम्बन्धित खाजाघरहरू बन्द गरिने चेतावनी समेत उनले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ