३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भिजिट भिसा प्रकरणको असर : नेपालीलाई भिसा प्रक्रियामा अमेरिकाको कडाइ

२२ जेष्ठ २०८२, बुधबार १३:५१

काठमाडौं । भिजिट भिसाका नाममा अवैध रूपमा लाखौं रुपैयाँ असुली भइरहेको विवरण सार्वजनिक भएपछि अमेरिकी दूतावासले नेपाली नागरिकहरूका लागि भिसा प्रक्रिया झन कडा बनाएको छ।

गृहमन्त्री रमेश लेखकसमेत मुछिएको भनिएको भिजिट भिसा प्रकरणको प्रभावस्वरूप अमेरिका जान चाहने नेपाली नागरिकहरूलाई अब थप कडाइका साथ सुरक्षा परीक्षणको प्रक्रिया पूरा गर्नुपर्नेछ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहितको संलग्नतामा भिजिट भिसामा विदेश जान चाहनेबाट दैनिक ५० लाख रुपैयाँभन्दा बढी रकम असुलिने गरेको प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। यस घटनामा गृहमन्त्री लेखकका सचिवालयका सदस्यहरू पनि संलग्न रहेको भन्ने विवरणहरू सार्वजनिक भइरहेका छन्।

यही सन्दर्भमा काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार सार्वजनिक सूचना जारी गर्दै नेपाली नागरिकहरूको भिसा आवेदनमा कडाइ गरिएको जानकारी दिएको हो। दूतावासले कानुनी निकायका रेकर्ड, आतंकवादविरोधी डाटाबेस तथा अन्य सुरक्षासम्बन्धी स्रोतहरूमार्फत आवेदकको विस्तृत पृष्ठभूमि परीक्षण गरिने स्पष्ट पारेको छ।

“प्रत्येक आवेदकले कडा सुरक्षा जाँच प्रक्रिया पार गर्नुपर्छ,” दूतावासद्वारा जारी सूचनामा भनिएको छ, “सबै सुरक्षा जाँच पूर्णरूपमा सम्पन्न नभएसम्म र आशंका हटेसम्म भिसा जारी गरिने छैन।”

दूतावासले अमेरिकाको राष्ट्रिय सुरक्षालाई उच्च प्राथमिकता दिइने जनाउँदै सुरक्षामा सम्भावित खतरा पुर्‍याउन सक्ने व्यक्तिहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइने स्पष्ट पारेको छ।

यो कदम अमेरिकी सरकारद्वारा आफ्ना नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न अपनाइएको प्रमुख उपायका रूपमा हेरिएको छ।

यसबीच गृहमन्त्रीमाथि लागेको आरोपको राजनीतिक प्रभावसमेत देखिन थालेको छ। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू मन्त्री लेखकको बचाउमा उत्रिएका छन् भने प्रतिनिधि सभाको बैठकमा यस विषयले अवरोध सिर्जना गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली