२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको अपहरण र ज्यान मुद्दाको सुनुवाइ सकियो

२०८२, २२ जेष्ठ बुधबार १५:३०

काठमाडौं । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध दायर अपहरण र ज्यान सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ। लामो समयदेखि ‘हेर्दा हेर्दै’ अवस्थामा रहेको यो मुद्दाको सुनुवाइ आज सम्पन्न भएको हो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडाल सम्मिलित संवैधानिक इजलासमा आजको सुनुवाइ सम्पन्न भएको हो। अबको केही समयमै यसबारे आदेश आउन सक्ने अनुमान गरिएको छ।

सुनुवाइका क्रममा सापकोटा पक्षले यो द्वन्द्वकालीन मुद्दा भएकाले यसलाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठाइनु पर्ने जिकिर गरेको छ।

अग्नि सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरिएको आरोपमा मानव अधिकारकर्मी कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलले रिट निवेदन दायर गरेका थिए।

उनीहरू सापकोटालाई सभामुख र मन्त्री बनाउने निर्णयविरुद्ध निरन्तर कानुनी लडाइँमा छन्। यस्ता रिटहरू लामो समयदेखि संवैधानिक इजलासमा पेसीमा चढे पनि अन्तिम फैसला भने पटकपटक पछि धकेलिँदै आएको छ।

२०६८ सालमा अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा सापकोटाविरुद्ध पहिलोपटक मुद्दा दर्ता भएको थियो। अर्जुन लामाकी पत्नी पूर्णिमाया लामाले २०६८ असार ६ गते रिट दायर गरेकी थिइन्।

तत्कालीन सर्वोच्च अदालतका न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जानुपर्ने आदेश दिएको थियो।

हाल सापकोटाविरुद्ध संवैधानिक इजलासमा तीनवटा छुट्टाछुट्टै मुद्दा विचाराधीन छन्। २०६९ मंसिर ७ गते पूर्णिमाया लामाले कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै पुनः रिट निवेदन दायर गरेकी थिइन्।

त्यस्तै, सापकोटाले पत्रकार कनकमणि दीक्षितविरुद्ध अदालतको अवहेलना मुद्दा पनि दायर गरेका थिए। उनीविरुद्ध दीक्षितले सापकोटाको विगतका गतिविधिको आलोचना गरेका थिए।

सापकोटालाई सभामुख नियुक्त गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै त्यतिबेला राष्ट्रपति कार्यालयका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन