३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको अपहरण र ज्यान मुद्दाको सुनुवाइ सकियो

२२ जेष्ठ २०८२, बुधबार १५:३०

काठमाडौं । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध दायर अपहरण र ज्यान सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ। लामो समयदेखि ‘हेर्दा हेर्दै’ अवस्थामा रहेको यो मुद्दाको सुनुवाइ आज सम्पन्न भएको हो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडाल सम्मिलित संवैधानिक इजलासमा आजको सुनुवाइ सम्पन्न भएको हो। अबको केही समयमै यसबारे आदेश आउन सक्ने अनुमान गरिएको छ।

सुनुवाइका क्रममा सापकोटा पक्षले यो द्वन्द्वकालीन मुद्दा भएकाले यसलाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठाइनु पर्ने जिकिर गरेको छ।

अग्नि सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरिएको आरोपमा मानव अधिकारकर्मी कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलले रिट निवेदन दायर गरेका थिए।

उनीहरू सापकोटालाई सभामुख र मन्त्री बनाउने निर्णयविरुद्ध निरन्तर कानुनी लडाइँमा छन्। यस्ता रिटहरू लामो समयदेखि संवैधानिक इजलासमा पेसीमा चढे पनि अन्तिम फैसला भने पटकपटक पछि धकेलिँदै आएको छ।

२०६८ सालमा अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा सापकोटाविरुद्ध पहिलोपटक मुद्दा दर्ता भएको थियो। अर्जुन लामाकी पत्नी पूर्णिमाया लामाले २०६८ असार ६ गते रिट दायर गरेकी थिइन्।

तत्कालीन सर्वोच्च अदालतका न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जानुपर्ने आदेश दिएको थियो।

हाल सापकोटाविरुद्ध संवैधानिक इजलासमा तीनवटा छुट्टाछुट्टै मुद्दा विचाराधीन छन्। २०६९ मंसिर ७ गते पूर्णिमाया लामाले कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै पुनः रिट निवेदन दायर गरेकी थिइन्।

त्यस्तै, सापकोटाले पत्रकार कनकमणि दीक्षितविरुद्ध अदालतको अवहेलना मुद्दा पनि दायर गरेका थिए। उनीविरुद्ध दीक्षितले सापकोटाको विगतका गतिविधिको आलोचना गरेका थिए।

सापकोटालाई सभामुख नियुक्त गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै त्यतिबेला राष्ट्रपति कार्यालयका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली