2026-10-07 12:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘छानबिन समिति गठनको प्रतिबद्धता आए सदन चल्न सक्छ’ : प्रमुख सचेतक हितराज पाण्डे

काठमाडौँ । भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको प्रतिबद्धता आए प्रतिनिधि सभा सञ्चालनमा सहजता आउने नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताएका छन्।

पाण्डेले सरकारका तर्फबाट प्रधानमन्त्री, कानुनमन्त्री वा कुनै पनि जिम्मेवार मन्त्रीले छानबिन समिति बनाउने प्रतिबद्धता जनाए मात्र विपक्षी दलहरू संसद सुचारु गर्न तयार हुने बताए।

पाण्डेका अनुसार, प्रतिपक्षी दलहरू प्रारम्भिक चरणमै लचक देखिएका छन्। हामीले गृहमन्त्रीको राजीनामा होइन, केवल छानबिन समिति गठनको प्रतिबद्धता मात्रै माग गरेका हौं, तर सत्तापक्ष त्यसमा समेत सकारात्मक देखिएको छैन।”

पाण्डेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि सिधै आरोप नलागाए पनि गृह मन्त्रालयको मातहतका निकायका गतिविधिको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने धारणा राखे।

उनले संसद् चल्न थालेपछि आवश्यक विषयहरू संसद भित्रै उठाउने स्पष्ट पारे। साथै १३ गतेदेखि उठाइएको विषय अझै कायमै छ, त्यसको सम्बोधन आवश्यकरहेको पनि बताए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’