३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेदरल्यान्ड्स ५ विकेटले पराजित,नेपालको लगातार दोस्रो जित,

२३ जेष्ठ २०८२, बिहीबार ००:२६

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै शृंखलामा दोस्रो जित दर्ता गरेको हो।

डुन्डेमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले सबै विकेट गुमाउँदै २२५ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालकाका लागि आरिफ शेखले सर्वाधिक ७८ रन बनाए। उनले ९८ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै नेपालको मिडल अर्डर सम्हालेका थिए। नेपालका लागि दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले पाँचौं विकेटका लागि ८९ रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए। यसलाई दीपेन्द्रले गुल्सन झासँग मिल्दै खेल नेपालको पोल्टामा पारेका हुन्।

पहिलो पावरप्लेमा नेपालले १० ओभरको खेल सकिँदा १ विकेट गुमाउँदै ४१ रन बनायो। पहिलो विकेटका रुपमा ६.२ ओभरमा ओपनर आसिफ शेख भान मिकरेनको बलमा बोल्ड आउट भए । उनले २२ बलमा ३ चौकासहित १९ रन बनाउँदै पेभेलियन फकिर्एका हुन्।

११.२ ओभरमा नेपालले १ विकेटको क्षतिमा ५० रन बनायो। १३.४ ओभरसम्म ओपनर कुशल भुर्तेलको रुपमा नेपालले दोस्रो विकेट गुमायो। उनले २५ रन बनाउँदै पेभेलियन फर्किए। १५.४ ओभरमा तेस्रो विकेटको रूपमा भीम सार्कीको विकेट गयो। नेपालका तीन ब्याटरले पेभेलियनको बाटो निस्कदाँ नेपालले ६८ रन बनाएको थियो।

२६.१ ओभरमा नेपालले ३ विकेट गुमाउँदै १०० रन पूरा गर्‍यो। ३०.२ ओभरमा नेपालका कप्तान रोहित पौडेललाई रन आउटको रुपमा गुमायो। उनले आरिफ शेखसँग ५५ रनको अर्धशतकीय साझेदारी गर्र्दै इनिङ्स सम्हालेका थिए। रोहितले २३ रन बनाउँदै निराशाका साथ मैदानबाट बाहिरिए।

४५.५ ओभरमा २१२ रन बनाउँदा नेपालले पाँचौं विकेटको रूपमा आरिफ शेखलाई गुमायो। दीपेन्द्र ३८ र गुल्सन झा ११ रनमा अविजित रहे। नेदरल्यान्ड्सका लागि बलिङतर्फ मिचेल लेभिटले २ विकेट र पल भान मिकरेन, भिभियन किङ्माले समान १-१ विकेट लिए।

त्यसअघि डुन्डेमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले अलआउट हुँदै २२५ रन बनायो। नेदरल्यान्ड्सको लागि नोच क्रोसले सर्वाधिक ४८ रन बनायो। उनले ५५ बलमा ५ चौका प्रहार गरे। ओपनरद्वय मिचेल लेभिट र म्याक्स ओ डुडले दोहोरो अंकमा रन बनाउन सकेनन्। २ विकेट निकै छिटो गुमाएको नेदरल्यान्ड्का लागि तेस्रो विकेटका लागि कप्तान स्कट इड्वार्डले ४६ रन बनाए। विक्रमजित सिंहले ७२ रनको साझेदारी गर्दै नेदरल्यान्डको पारी सम्हालेका थिए। विक्रमजितले ३८, जाक लियनले २७, तेजा निडामानुरुले १३, भान मेरवेले २१ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि बलिङतर्फ सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले २-२ विकेट लिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा