2026-10-07 12:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेदरल्यान्ड्स ५ विकेटले पराजित,नेपालको लगातार दोस्रो जित,

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै शृंखलामा दोस्रो जित दर्ता गरेको हो।

डुन्डेमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले सबै विकेट गुमाउँदै २२५ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालकाका लागि आरिफ शेखले सर्वाधिक ७८ रन बनाए। उनले ९८ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै नेपालको मिडल अर्डर सम्हालेका थिए। नेपालका लागि दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले पाँचौं विकेटका लागि ८९ रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए। यसलाई दीपेन्द्रले गुल्सन झासँग मिल्दै खेल नेपालको पोल्टामा पारेका हुन्।

पहिलो पावरप्लेमा नेपालले १० ओभरको खेल सकिँदा १ विकेट गुमाउँदै ४१ रन बनायो। पहिलो विकेटका रुपमा ६.२ ओभरमा ओपनर आसिफ शेख भान मिकरेनको बलमा बोल्ड आउट भए । उनले २२ बलमा ३ चौकासहित १९ रन बनाउँदै पेभेलियन फकिर्एका हुन्।

११.२ ओभरमा नेपालले १ विकेटको क्षतिमा ५० रन बनायो। १३.४ ओभरसम्म ओपनर कुशल भुर्तेलको रुपमा नेपालले दोस्रो विकेट गुमायो। उनले २५ रन बनाउँदै पेभेलियन फर्किए। १५.४ ओभरमा तेस्रो विकेटको रूपमा भीम सार्कीको विकेट गयो। नेपालका तीन ब्याटरले पेभेलियनको बाटो निस्कदाँ नेपालले ६८ रन बनाएको थियो।

२६.१ ओभरमा नेपालले ३ विकेट गुमाउँदै १०० रन पूरा गर्‍यो। ३०.२ ओभरमा नेपालका कप्तान रोहित पौडेललाई रन आउटको रुपमा गुमायो। उनले आरिफ शेखसँग ५५ रनको अर्धशतकीय साझेदारी गर्र्दै इनिङ्स सम्हालेका थिए। रोहितले २३ रन बनाउँदै निराशाका साथ मैदानबाट बाहिरिए।

४५.५ ओभरमा २१२ रन बनाउँदा नेपालले पाँचौं विकेटको रूपमा आरिफ शेखलाई गुमायो। दीपेन्द्र ३८ र गुल्सन झा ११ रनमा अविजित रहे। नेदरल्यान्ड्सका लागि बलिङतर्फ मिचेल लेभिटले २ विकेट र पल भान मिकरेन, भिभियन किङ्माले समान १-१ विकेट लिए।

त्यसअघि डुन्डेमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले अलआउट हुँदै २२५ रन बनायो। नेदरल्यान्ड्सको लागि नोच क्रोसले सर्वाधिक ४८ रन बनायो। उनले ५५ बलमा ५ चौका प्रहार गरे। ओपनरद्वय मिचेल लेभिट र म्याक्स ओ डुडले दोहोरो अंकमा रन बनाउन सकेनन्। २ विकेट निकै छिटो गुमाएको नेदरल्यान्ड्का लागि तेस्रो विकेटका लागि कप्तान स्कट इड्वार्डले ४६ रन बनाए। विक्रमजित सिंहले ७२ रनको साझेदारी गर्दै नेदरल्यान्डको पारी सम्हालेका थिए। विक्रमजितले ३८, जाक लियनले २७, तेजा निडामानुरुले १३, भान मेरवेले २१ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि बलिङतर्फ सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले २-२ विकेट लिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’