2026-09-15 05:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पतञ्जलि जग्गा प्रकरण: याक एण्ड यतीका सञ्चालक सराफ बाबुछोरा विरुद्ध पनि मुद्दा दायर

काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा वितरण गरिएको जग्गासम्बन्धी अनियमितता प्रकरणमा याक एण्ड यती होटल तथा हायात रिजेन्सीका सञ्चालक स्व. राधेश्याम सराफ र उनका छोरा अरुण कुमार सराफसमेत मुछिएका छन्।

यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सराफ बाबुछोरासहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको हो।

राधेश्याम सराफको २०७८ सालमै निधन भइसकेको भए पनि आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनका छोरा अरुण कुमार सराफलाई बिगो असुलीका लागि प्रतिवादी बनाएको जनाएको छ।

अख्तियारका अनुसार, उनीहरूले कानूनी सीमाभन्दा बढी क्षेत्रफलको जमिन चौताराम प्रालिको नाममा दर्ता गराई पछि उक्त जग्गा पतञ्जलि योगपीठको नाममा स्थानान्तरण गरिएको थियो। चौताराम प्रा.लिका सञ्चालकका रूपमा स्व. राधेश्याम सराफमाथि समेत जिम्मेवारी तोकिएको छ।

यस प्रकरणमा आयोगले ५१ लाख रुपैयाँ बिगो असुलीको माग गर्दै कैद सजायसमेत माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि