२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विदेशी विद्यार्थीको भिसा प्रक्रिया अब त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रबाट

२४ जेष्ठ २०८२, शुक्रबार १३:०३

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अब नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थी तथा प्राध्यापकहरूको भिसा (प्रवेशाज्ञा) प्रक्रिया त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र, कीर्तिपुरमार्फत अघि बढाइने निर्णय गरेको छ।

विश्वविद्यालयले आज सार्वजनिक सूचना प्रकाशन गर्दै आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र त्रिविसभा २०८१ मा पारित निर्णयअनुसार सो प्रक्रिया लागु गरिएको जानकारी गराएको हो।

सूचनामा उल्लेख भएअनुसार त्रिवि समन्वय परिषद्को बैठकले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित अंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजहरूमा अध्ययन, अध्यापन र अनुसन्धान प्रयोजनका लागि आउने विदेशी विद्यार्थी तथा प्राध्यापकहरूको हकमा भिसा प्रक्रिया अब केवल त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रबाट नै अघि बढाइने निर्णय गरेको हो।

यस निर्णयले विदेशी नागरिकहरूका लागि भिसा प्रक्रियालाई केन्द्रीयकृत र व्यवस्थागत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ