2026-09-15 05:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा परेका मेयर थापाको पदबाट निलम्बन नहुने, केवल जग्गा जफत प्रयोजनका लागि प्रतिवादी

काठमाडौँ। पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँगै भ्रष्टाचार मुद्दा दायर गरिएका भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुख (मेयर) वासुदेव थापाको पद निलम्बनमा नपर्ने भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। सार्वजनिक पदधारी व्यक्ति बिरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको खण्डमा निलम्बनको व्यवस्था रहेपनि, मेयर थापा भने त्यस व्यवस्था अन्तर्गत नपर्ने अख्तियारको स्पष्टिकरण छ।

अख्तियारका सहायक प्रवक्ता एवं उपसचिव देवीप्रसाद थपलियाले थापालाई केवल जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको बताए। त्यसकारण उनको पद स्वतः निलम्बनमा नपर्ने उल्लेख गरिएको छ। यसअघि ललिता निवास प्रकरणमा पनि सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई केवल जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो।

अख्तियारमा दिएको बयानमा मेयर थापाले आफूले साविक साँगा गाविस–४ (ख) को कित्ता नं. ५५२ को जग्गा डिल्लीध्वज बराइलीबाट १ करोड ३० लाख ६६ हजार रुपैयाँमा खरिद गरेको बताएका थिए। उनले सो जग्गा पतञ्जलीसँग सम्बन्धित रहेको जानकारी नपाएको र आवश्यक प्रक्रिया पुर्‍याएर खरिद गरेको दाबी गरेका छन्।

अख्तियारले मेयर थापासहित २८ जना र २ वटा कम्पनीलाई केवल जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाएको छ। बाँकी ६३ जनालाई भने भ्रष्टाचार निवारण ऐनअनुसार बिगो असुल, कैद र जरिवानासहित प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ