२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विषादीयुक्त फलफूल तथा तरकारीको गुणस्तर परीक्षणमा कडाइ गरौँ: राष्ट्रियसभा सांसद

२४ जेष्ठ २०८२, शुक्रबार १४:५१

काठमाडौँ | राष्ट्रियसभा सांसदहरूले हानिकारक विषादीको प्रयोग भएका फलफूल तथा तरकारी बिक्रीवितरणमा नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभाको आजको बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले बजारमा बिक्रीवितरण भइरहेका फलफूल तथा तरकारीको कडाइका साथ गुणस्तर परीक्षण गर्न माग गर्नुभयो । “फलफूल तथा तरकारीमा अत्यधिक विषादीको प्रयोेग हुने गरेको र समयअगावै विषादीयुक्त तरकारी बजारमा बिक्रीवितरण गरेको समाचार बारम्बार सुनिरहेका छाँै”, उहाँले भन्नुभयो, “फलफूल पनि पाक्ने समय अगाडि पकाउने औषधिको प्रयोग गरी बजारमा ल्याइएको छ । गुणस्तर परीक्षण गरी आमनागरिकले उपभोग गर्ने वातावरण बनाउनुपर्छ ।”

सांसद गङ्गाकुमारी बेल्वासेले पतञ्जली जग्गा हिनामिना प्रकरणबारे चर्चा गर्दै विदेशी कम्पनीलाई बिनाआवश्यक कागजपत्र दर्ता गरिएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले कानुन संशोधन गरेर जग्गा कम्पनीलाई दिने र बेच्ने भन्ने छ, त्यो बेठिक छ ।”

सांसद गोेपाल भट्टराईले असारदेखि असोजसम्म डेङ्गी रोग प्रकोपका रूपमा फैलिन सक्नेतर्फ सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क प्रस्तुत गर्दै यसको नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गोपीबहादुर सार्की आछामीले बिपी राजमार्गको भकुण्डेबेँसी–नेपालथोक सडक समयमै पुनर्निर्माण गर्न सभाअध्यक्षमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसद जगप्रसाद शर्माले किसान पेन्सनको व्यवस्था गर्न माग गर्दै कृषकलाई मल र बीउ समयमा व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

शून्य समयमा सांसद मायाप्रसाद शर्माले जाजरकोट जिल्लामा मानसिक असन्तुलनका कारण बढदो मृत्युदरको तथ्याङ्क प्रस्तुत गर्दै त्यहाँ मानसिक अस्पताल निर्माणको आवश्यकता औँल्याउनुभयो ।

बैठकमा सांसदहरूले उद्धार अभ्यास गर्ने क्रममा सप्तकोशी नदीमा डुबेर बेपत्ता दुई सशस्त्र प्रहरीमा एकको मृत्युप्रति श्रद्धाञ्जली अर्पण गर्दै अझै बेपत्ता एकको खोजीलाई तीव्रता दिन माग गर्नुभएको थियो ।

त्यसअघि सभाको आकस्मिक समयमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का सांसद विष्णुबहादुर विश्वकर्माले भिजिट भिसामा निष्पक्ष अनुसन्धानको बाटो खुलाउनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली