2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रणनीतिक रेलवे उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी काश्मीरमा

गत महिना कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँगको द्वन्द्वपछि विवादित हिमालय क्षेत्रको आफ्नो पहिलो भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार काश्मीर आइपुग्नुभएको छ । उहाँले काश्मीरमा एउटा रणनीतिक रेलवेको उद्घाटन गर्नुभयो ।

सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि भारत र पाकिस्तानबीचको कटु वैमनस्यको केन्द्र रहेको विभाजित मुस्लिम बहुल क्षेत्र काश्मीरका लागि मोदीले अर्बौं डलरका परियोजनाहरू सुरु गरिरहनुभएको छ ।

आणविक–सशस्त्र भारत र पाकिस्तानले गत महिना तीव्र चार दिने द्वन्द्व लडेका थिए । यो द्वन्द्व मे १० मा युद्धविराममा सहमति हुनुअघि सन् १९९९ पछिको सबैभन्दा खराब गतिरोध थियो ।

प्रधानमन्त्रीको कार्यालयले एक हजार तीन सय १५ मिटर लामो (चार हजार तीन सय १४ फिट लामो) स्टिल र कङ्क्रिटको चेनाब पुलको अवलोकन विन्दुमा मोदीको तस्बिर प्रसारण गरेको थियो । उक्त पुलले तल नदीभन्दा तीन सय ५९ मिटर माथि आर्क भएको दुई पहाडलाई जोड्दछ ।

“वास्तुकलाको असाधारण उपलब्धि हुनुका साथै चेनाब रेल पुलले कनेक्टिभिटीमा सुधार गर्नेछ”, मोदीले आफ्नो भ्रमणअघि सामाजिक सञ्जाल पोस्टमा भन्नुभयो ।

मोदी आफ्नो आगमनको लगत्तै रेल यातायातका लागि औपचारिक रूपमा खुला भएको घोषणा गर्न विशाल भारतीय झण्डा फहराउँदै पुल पार गर्नुभयो ।

नयाँदिल्लीले चेनाब पुललाई ‘संसारको सबैभन्दा अग्लो रेलवे आर्क पुल’ भन्छ । धेरै सडक र पाइपलाइन पुलहरू अग्लो भए पनि गिनिज वल्र्ड रेकर्डले गिनिज वल्र्ड रेकर्डले चेनाबले चीनको अघिल्लो सबैभन्दा अग्लो रेलवे पुल, नजीहेलाई उछिन्ने पुष्टि गरेको छ ।

नयाँ दुई सय ७२ किलोमिटर (एक सय ६९ माइल) उधमपुर–श्रीनगर–बारामुल्ला रेलवे, ३६ सुरुङ र नौ सय ४३ पुलसहित ‘क्षेत्रीय गतिशीलतालाई रूपान्तरण गर्ने र सामाजिक–आर्थिक एकीकरणलाई बढावा दिने उद्देश्यले’ निर्माण गरिएको मोदीको कार्यालयले जनाएको छ ।

यस पुलले मानिस र सामानका साथै सेनाको आवागमनलाई सहज बनाउनेछ । यो पहिले दुर्गम पहाडी सडक र हवाई मार्गबाट मात्र सम्भव थियो ।

“रेलवेले सबै मौसममा सम्पर्क सुनिश्चित गर्दछ, आध्यात्मिक पर्यटनलाई बढावा दिनेछ र जीविकाका अवसरहरू सिर्जना गर्नेछ”, मोदीले भन्नुभयो ।

रेलवे लाइनले हिन्दू बहुल जम्मू क्षेत्रको कटरा सहर र मुस्लिम बहुल काश्मीरको मुख्य सहर श्रीनगरबीचको यात्रा समयलाई आधाले घटाएर करिब तीन घन्टासम्म पुर्‍याउने अपेक्षा गरिएको छ ।

गत महिनाको द्वन्द्वमा मिसाइल, ड्रोन र तोपखानाको गोलीबारीमा ७० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

अप्रिल २२ मा भारत प्रशासित कश्मीरमा सर्वसाधारणमाथि भएको आक्रमणबाट लडाइँ सुरु भएको थियो । उक्त आक्रमणलाई नयाँदिल्लीले पाकिस्तानले समर्थन गरेको आरोप लगाएको थियो । उक्त अरोपलाई इस्लामाबादले अस्वीकार गरेको छ ।

भारतीय प्रशासित काश्मीरमा विद्रोही समूहहरूले यस क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै ३५ वर्ष लामो विद्रोह चलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले