2026-09-15 05:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

वाईसीएलको नयाँ नेतृत्व चयनका लागि सहमति प्रयास, साँझ ६ बजेसम्म समयसीमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि सहमति जुटाउने प्रयास जारी रहेको छ। सम्मेलन आजदेखि चाबहिलस्थित गोल्डेन पार्टी प्यालेसमा सारिएको छ।

आइतबारदेखि सुरु भएको सम्मेलन सहमति नजुट्दा शुक्रबारसम्म लम्बिएको हो। पार्टीले नयाँ नेतृत्वका लागि सहमति कायम गर्न आज साँझ ६ बजेसम्मको समय दिएको छ।

पार्टीले उपमहासचिव शक्ति बस्नेतलाई सहमति प्रक्रियालाई संयोजन गर्न जिम्मा दिएको छ। उनीसँगै वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ र संगठन अध्यक्ष सुवोध शेर्पाली पनि सहमतिका लागि संवादमा संलग्न छन्।

अध्यक्ष शेर्पालीका अनुसार आजभित्र नेतृत्व चयनको प्रक्रिया टुंगो लाग्ने सम्भावना छ। ‘पार्टीको निर्देशन अनुसार सहमतिको अन्तिम प्रयास भइरहेको छ। अध्यक्ष पदका आकांक्षीहरूलाई मनाउने प्रयास तीव्र छ,’ उनले जानकारी दिए।

वाईसीएलका नेताहरूका अनुसार अध्यक्ष पदका आकांक्षीहरू सुरुवातमा १३ जना थिए भने अहिले त्यो संख्या घटेर तीन जनामा सीमित भएको छ। केहरसिंह कुँवर, पुष्प ओली र कर्म पुलामी ती तीन मुख्य आकांक्षी हुन्। कुँवर उपाध्यक्ष, ओली उपमहासचिव तथा पुलामी सचिवका रूपमा वर्तमान कार्यसमितिमा रहेका छन्।

तीनमध्ये एकले पनि उम्मेदवारी फिर्ता नलिएसम्म सहमति बन्न कठिन रहेको स्रोतले जनाएको छ। नेताहरूको भनाइअनुसार अध्यक्षमा सहमति जुटेपछि अन्य पदका टुंगो लगाउन कठिन नपर्ने विश्वास गरिएको छ।

निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली बुझाउने समय आज साँझ ५:२० बजे तोकेको छ। यद्यपि, मतदानको समय कार्यतालिकामा उल्लेख गरिएको छैन। आयोगले मतदानको समय ‘तत्कालीन अवस्थाअनुसार’ निर्धारण गरिने जनाएको छ।

यस सम्मेलनमा देशभरबाट १,५३४ जना प्रतिनिधि सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल