३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

गण्डकी प्रदेशका दर्जनौँ कार्यालय खारेज गर्न सुझाव, मुख्यमन्त्रीलाई पुनरावलोकन प्रतिवेदन हस्तान्तरण

२४ जेष्ठ २०८२, शुक्रबार १८:०६

काठमाडौँ । गण्डकी प्रदेश सरकार मातहतका विभिन्न प्रशासनिक संरचनाहरूको पुनरावलोकन गर्न गठित समितिले शुक्रबार आफ्नो प्रतिवेदन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरेको छ। ३२४ पृष्ठको उक्त प्रतिवेदनमा ५० भन्दा बढी संरचना औचित्यविहीन ठहर गर्दै खारेज गर्नुपर्ने सुझाव दिइएको छ।

समितिका संयोजक शरदचन्द्र पौडेलले तयार पारेको प्रतिवेदनमा १ सय ७४ वटा प्रदेशस्तरीय कार्यालय, निकाय तथा कार्यक्रमको गहिरो मूल्यांकन गरिएको छ। प्रतिवेदनले कार्यक्षमता, जनशक्ति, बजेट उपयोगिता र सेवा प्रभावकारिताका आधारमा संरचनाको औचित्य मापन गरेको छ।

संयोजक पौडेलका अनुसार, कुनै दबाब वा पूर्वाग्रह बिना तथ्यमा आधारित रहेर मूल्यांकन गरिएको छ। मुख्यमन्त्री पाण्डेले प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयन गरिने स्पष्ट संकेत दिएका छन्।

मुख्यमन्त्री पाण्डेले, यो प्रतिवेदन देखावटी या थन्क्याउने कागज नरहेको र सुझाब अनुसार कार्यान्वयन गरिने आस्वासन दिएका छन् ।मुख्यमन्त्री पाण्डेले संघीयताको प्रारम्भिक चरणमा अत्यधिक उत्साहका कारण धेरै कार्यालयहरू खोलिएको स्वीकार गरे।

उनका अनुसार, त्यतिबेला आवश्यकभन्दा बढी संरचना बनाइयो, अहिले तिनै संरचनाहरूले प्रदेशको क्षमता र प्रयोजनमाथि प्रश्न उठाएका छन्।

प्रदेश सरकारले यसअघि ताल प्राधिकरण, विज्ञान प्रविधि प्रतिष्ठान, र दुग्ध विकास बोर्ड जस्ता तीन निकायको ऐन खारेज गरिसकेको छ। पछिल्लो प्रतिवेदनमा थप दर्जनौँ निकायको औचित्यमाथि प्रश्न उठाइएको छ।

समितिका अनुसार, कतिपय कार्यालय केवल “घरपायक जागिर खुवाउने” प्रयोजनका लागि गठन गरिएका थिए। त्यसका कारण विकास खर्च घट्ने, प्रशासनिक खर्च बढ्ने, र सीमित स्रोतमा कार्यक्षमता कमजोर हुने अवस्था देखिएको छ।

प्रतिवेदन मन्त्रिपरिषद्बाट अनुमोदन भएपछि मात्र सार्वजनिक गरिने मुख्यमन्त्री कार्यालयले जनाएको छ। अध्ययन समितिमा पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा पूर्वसहसचिव महेश्वर नरसिंह केसी र अच्युत लामिछाने सदस्य थिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली