३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

११३ औँ अन्तरराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन श्रममन्त्री भण्डारी जेनेभा प्रस्थान

२४ जेष्ठ २०८२, शुक्रबार २१:३२

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी ११३औँ अन्तरराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभा प्रस्थान गर्नुभएको छ । आज साँझ नेपाली टोलीको नेतृत्व गर्दै मन्त्री भण्डारी अन्तरराष्ट्रिय श्रम सङ्गठनको आयोजना ११३औँ अन्तरराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

जेठको १९ देखि ३० गतेसम्म जेनेभामा ११३औँ अन्तरराष्ट्रिय श्रम सम्मेलन सञ्चालन हुँदै छ । यस अन्तरराष्ट्रिय श्रम सम्मेलनमा मन्त्री भण्डारीले प्लेनरी सत्रमा सम्बोधनका क्रममा अनौपचारिक श्रमलाई औपचारिकीकरण, सामाजिक न्याय प्रवर्द्धन, मर्यादित रोजगारी, नेपालको दसवर्षे आन्तरिक रोजगारीको योजना साथै मुलुकको दीर्घकालीन लक्ष्य र प्राथमिकताका विषयहरूलाई प्रस्तुत गर्नुहुने छ ।

सचिवालयका अनुसार मन्त्री भण्डारीले जेठ २६ गते प्लेनरी सेसनलाई विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन अन्तरराष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गिल्बल्र्ट एफ हाउङवो र मन्त्री भण्डारीबीच द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ ।

त्यसैगरी, साउदी अरेबियाको अन्तरराष्ट्रिय मामिला उपमन्त्री डा तारिक अल हमदसँग नेपाल र साउदी अरबको श्रमसम्बन्धी विषयमा द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ । जेठ २९ मा हुने सामाजिक न्यायसम्बन्धी विश्वव्यापी गठबन्धनको मञ्च कार्यक्रममा सहभागी हुने र विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जेठ ३० गते सभाको प्लेनरी सेसनको समापन सत्रमा सहभागी भई भ्रमण टोली स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए