२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

पदयात्रा पर्यटनसँग जोडिदै सिङ्दी घरवास

२०८२, २५ जेष्ठ शनिबार १५:३१
काठमाडौँ | लमजुुङको क्होलासोँथर गाउँपालिका वडा नं ५ सिङ्दीमा सञ्चालित सिङ्दी सामुदायिक होमस्टे पदयात्रा पर्यटनसँग जोडिने भएको छ ।
गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशको सक्रियतामा अध्ययन एवं अन्वेषण गरी घोषणा गरिएको गुुरुङ सम्पदा पदमार्गमा सिङ्दी समावेश गरिएको छ । कास्की, लमजुुङ र मनाङका विभिन्न भागहरू समेटिएको यस पदमार्गले पहाडी तथा हिमाली भेगका कोरी, क्होलासोँथर, ठूलो लेक, थुुर्जु, दुधपोखरी, गुुरुङ देउरालीदेखि मनाङको तिमाङसम्मका भूभागलाई समेटेको जिटिन गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं गुुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुरुङले जानकारी दिनुुभयो ।
पदमार्गअन्तर्गत लमजुुङका प्राचीन गाउँहरूलाई समेट्दै यिनीहरूको प्रवर्द्धन गर्न खोजिएकोे उहाँले जानकारी दिनुुभयो । सङ्घले चरणबद्ध रुपमा खोज अन्वेषण र प्रवर्द्धन गर्दै सन् २०२६ देखि यो पदमार्ग पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी गरेको अध्यक्ष किसम कुमारी गुुरुङले जानकारी दिनुुभयो ।
सङ्घले तेस्रो चरणको कायक्रमअन्तर्गत शुक्रबारदेखि नेपाल पर्यटन बोर्ड, क्व्होलासोथार गाउँपालिका, मस्र्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा पोखराबाट लमजुङको सिङ्दी हुँदै दुधपोखरी, लमजुङ एवं मनाङको सिमाना गुरुङ देउराली, हर्सिङडाँडा लगायतका स्थानलाई पदमार्गका रुपमा समेट्ने गरी खोज तथा अन्वेषण सुुरु गरेको उहाँले बताउनुुभयो ।
उहाँका अनुुसार गुरुङ सम्पदा पदमार्गका रुपमा परम्परागत भेडीगोठसँगै प्राचीन नुन बोक्ने मार्गलाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्यका साथ आयोजित यस चरणको कार्यक्रममा पोखराबाट लम्जुङको सिड्दी हुँदै पसगाउँ–भुजुङ– घनपोखरा–राप्रुजु–क्युपारा–थुर्जु–दुधपोखरी÷गुरुङ देउराली–को ब्रोखर्का–सिउरुङ– हर्सिङडाँडा हुँदै पुनः पोखरासम्मको खोज अनुसन्धानात्मक पदयात्रा गरिने छ ।
पदमार्ग प्रवर्द्धन टोलीलाई सिङ्दीमा स्वागत गर्दै सिङ्दी सामुदायिक होमस्टेका अध्यक्ष हुकुमबहादुर गुुरुङले आँफूहरूले होमस्टेलाई पदयात्रा पर्यटनसँग जोड्ने बताउनुुभयो । यहाँका कूल दुई सय ३५ घरमध्ये २० वटा घरमा घरवास सञ्चालन भएको जानकारी दिँदै उहाँले २०७६ सालदेखि सुरु गरिए पनि औपचारिक दर्ता भने २०८१ मा मात्र भएको जानकारी दिनुुभयो ।
सिङ्दीमा दैनिक तीन सय जनासम्म पर्यटकलाई घरवासमा राख्न सकिने बताउँदै उहाँले स्थानीय उत्पादनको स्वादसँगै यहाँको प्रकृति र संस्कृतिको भरपुर उपयोग गर्न पाउने बताउनुुभयो । अन्य गाउँमा जस्तो बसाइसराइको अवस्था सिङ्दीमा नरहेको बताउँदै उहाँले पदयात्रा पर्यटनलाई घरवाससँग जोड्दै धेरैभन्दा धेरै पर्यटकलाई गाउँमा भित्र्याउने योजना रहेको बताउनुुभयो ।
सिङ्दीमा खानेपानी लगायतका सुविधा सहज रुपमा उपलब्ध भइरहेको क्होलासोँथर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गीतबहादुर गुरुङले बताउनुुभयो । घरवासमा आएका पर्यटकलाई उहाँहरूको इच्छाअनुुसार कागुनोको भात, कोदो तथा मकैका परिकार आदि उपलब्ध गराउने गरिएको उहाँको भनाइ छ ।
प्राचीन कालदेखि मिलेर बसेको सुन्दर बस्तीलाई पदयात्रा पर्यटनसँग जोड्दै यसलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको उहाँले जानकारी दिनुुभयो ।
गाउँस्थित गुम्बा, देवीस्थान मन्दिर आदि यहाँका धार्मिक पर्यटकीय गन्तव्य हुन् । सोरठी, घाँटुु, कृष्णचरित्र जस्ता संस्कृतिहरू विद्यमान रहेको उहाँले जानकारी दिनुुभयो । सिङ्दीबाट पर्यटकीयस्थल कर्पुुडाँडालाई पदमार्गमार्फत जोड्ने गरी यहाँको करिब एक हजार तीन सय मिटर सिँढी निर्माण गरिएको र बाँकी बोटोलाई जोड्ने योजना रहेको उहाँले सुनाउनुभयो ।
पर्यटकीय नगरी पोखराबाट दैनिक सार्वजनिक यातायात सञ्चालन भैरहेको सिङदीमा आउन करिब चार घण्टा लाग्दछ । सिङ्दीबाट पोखरा जोडिने सडकलाई व्यवस्थित गर्न भने जरुरी रहेको उहाँमो भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ